लण्डनमा नेपालीको गुम्बा स्थापना « Khabarhub

लण्डनमा नेपालीको गुम्बा स्थापना


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् ।

डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल एक हजार ६६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताए ।

कूल दुई लाख ८३ हजार ५०० पाउण्डमा खरिद गरिएको उक्त गुम्बाको भवनका लागि संस्थाले उठाएको रकममा थप अपुग भए पनि केही ऋण लिएर पूरा गरिएको बुद्धिष्ट सेन्टरले जनाएको छ ।

सन् २०१६ मा स्थापना गरेको यो संस्थामा स्थापना गर्दा केवल २१ जनाबाट गरिएको थियो । तर, हाल यस संस्थामा ४५१ जना आजीवन सदस्य र १४१ जना ट्रष्टी आबद्ध रहेको र उनीहरूकै सामूहिक पहलमा यो काम सफल भएको अध्यक्ष  गुरुङले बताए ।

गुम्बाको भवन भए पनि अझ गुम्बाका लागि लामा राख्ने र त्यसको व्यवस्थापन गर्न थुप्रै काम गर्न बाँकी रहेको अध्यक्ष गुरुङले बताए । गुम्बाका लागि थप सामग्री र केही मूर्ति दाताबाट प्राप्त हुने बताइएको छ ।

गुम्बा खरिदका लागि रकम सङ्कलन गर्न संयोजकका रूपमा उपाध्यक्ष श्रीमती मीना गुरुङलाई तोकिएको र उनले थप सदस्य राखेर घरदैलो गरेर रकम सङ्कलन गर्न ठूलो भूमिका निर्वाह गर्नुभएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।

देश विदेशमा रहेका ११० वटा गुम्बाको छाता सङ्गठनका रूपमा रहेको बौद्ध नेपाल तमु बौद्ध सङ्गठनबाट लामाको व्यवस्था भई सकेको र जसका लागि सन् २०१८ मै एफओयू गरेको र यसभित्र १७ आचार्य, चार जनाले बुद्ध धर्मकै विषयमा विद्यावारिधि गरेको अध्यक्ष गुरुङले बताए । प्रत्येक वर्ष बुद्धजयन्तीको अवसरमा लण्डनको लउइचदेखि प्लमस्डीडसम्म पदयात्रा गर्दै आइरहेको सेन्टरले जनाएको छ ।

 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ११ : ०१ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा