सबै नेपालीले आज अफगानिस्तान छाडिसक्ने « Khabarhub

सबै नेपालीले आज अफगानिस्तान छाडिसक्ने

सोमबारसम्म ८२८ जना फर्किए नेपाल


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले विदेशीले अफगानिस्तान छाड्न दिएको समयसीमा आज सकिँदै छ ।

अमेरिकासहितका विदेशी फौज र विदेशी नागरिकले सोमबार नै अफगानिस्तान छाडिसकेका छन् । त्यहाँ रहेका २ सय हाराहारी नेपाली भने अझै पनि उद्धारको पर्खाइमा छन् । उनीहरुले आज अफगानिस्तान छाडिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका अनुसार नेपाल आउन सक्ने आजै नेपाल आउने छन् भने कतिपय नेपालीहरु अन्य मुलुकमा गएर बस्ने छन् । त्यसपछि उनीहरुलाई नियमित उद्धार गरेर नेपाल ल्याउने तयारी छ ।

अफगानिस्तनाबाट सोमबारसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए ।

स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरि आवश्यक व्यवस्थापन गरिएको छ ।

मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : ०० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी