मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ गठबन्धन आज पनि छलफलमा « Khabarhub

मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ गठबन्धन आज पनि छलफलमा


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद् विस्तारबारे आज पनि सत्तारुढ गठबन्धनको छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा आवद्ध शीर्ष नेताहरु छन् । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सजपाका नेता  डा.बाबुराम भट्टराई, उपेन्द्र यादवसहितको बैठक बसिरहेको देउबाका स्वकीय सचिव भानु देउबाले जानकारी दिए ।

आजको बैठकबाट मन्त्रालय भागबण्डा टुंग्याएर मन्त्रिपरिषद् विस्तारको तयारी भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीको स्थायी कमिटी बैठकमा जानकारी  गराएका थिए ।

मन्त्रालय भागबण्डा मिले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय पारेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्नु पर्ने मत कतिपय नेताले व्यक्त गरेका छन् ।

पछिल्लो अध्यादेशअनुसार फुटेका दल रोज्न पाउने समयावधि भदौ २२ सम्म निर्वाचन आयोगले दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने कि भन्ने कोणबाट पनि छलफल भएको स्रोतले जनाएको छ ।

भर्खरै फुटेका दलबाट मन्त्री बन्ने आकांक्षी धेरै भएपछि जसपा र नेकपा एकीकृत समाजवादीमा दबाब छ । सत्तारुढ दलमै पनि मन्त्री बन्नेलाई व्यवस्थापन गर्न दबाब छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : ३० बजे

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक आज

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द

कैलाली– कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक

राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक