माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार « Khabarhub

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव योजना सार्वजनिक गरेको छ ।

‘यो दसैँ, उत्सव घरमै भित्र्याऔँ । सुन्दरता आफ्नै ढंगले’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले माइडियाका विभिन्न घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक, सुनिश्चित उपहार तथा अन्य सुविधाहरू पाउन सक्नेछन् ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत उपभोक्ताले ३७,७०० सम्मको ग्यारेन्टेड क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा इन्डक्सन कुकटप, फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, टप लोड वाशिङ मेसिन खरिदमा ४ केजी सर्फ एक्सेल, सेमी अटोमेटिक वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल तथा डिसवासर खरिदमा २ वटा वाशिङ ट्याब्लेट निःशुल्क प्रदान गरिनेछ ।

यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्तामध्ये हरेक महिना लक्की ड्रमार्फत माइडिया साइड बाई साइड रेफ्रिजरेटर जित्ने अवसर समेत रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार लक्की ड्रमा सहभागी हुन उपभोक्ताले उपलब्ध क्यूआर स्क्यान गरी आफ्नो विवरण दर्ता गर्न सक्नेछन् । साथै, शून्य प्रतिशत ब्याजदरमा सहज इएमआई सुविधा तथा छनोट गरिएका उत्पादनमा १० वर्षसम्मको वारेन्टी सुविधा पनि उपलब्ध रहेको छ ।

यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्स ले नेपालमा माइडियाका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।  

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १ : ५७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका