गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि स्वास्थयकर्मी चिन्तित « Khabarhub

गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि स्वास्थयकर्मी चिन्तित


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी चिन्तित बन्ने गरेका हुन् ।

अन्तर्राष्ट्रिय दातृ निकाय आइपासको आर्थिक सहयोग तथा जिल्लामा कार्यरत संस्था सामुदायिक विकास मञ्चद्वारा यहाँका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएपछि सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो ।

नचाहेको अवस्थामा गर्भ रहे वा अन्य कारण रहेको गर्भलाई पतन गर्न पाउने सरकारले कानूनी मान्यता दिएपछि दातृ निकायको सहयोगमा जिल्लामा निजी क्षेत्रको गैरसरकारी संस्था सामुदायिक विकास मञ्चले सुरक्षित गर्भपतन सेवाका लागि आवश्यक सहयोग गर्दै आएको छ ।

सिलसिलामा उक्त संस्थाले जिल्लाको सायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवाका लागि प्रत्यक्ष रूपमा सहयोग गरिरहेको उक्त कार्यक्रमका फोकल पर्सन शिद्धराज जोशीले बताए । उनले भने, “हामीले प्रत्यक्ष रूपमा दुई पालिकाका स्वास्थ्य संस्थामा काम गर्दै छौँ, अन्य पालिकाका स्वास्थ्य संस्थामा पनि हाम्रो सहयोग रहँदै आएको छ ।”

कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण पुरुष घरैमा हुने र नचाहँदा नचाहँदै पनि गर्भ रहने गरेका कारण सुरक्षित गर्भपतन सेवा लिन बाध्य हुने गरेको सेवाग्राही महिलाले बताउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

गर्भ निरोधक साधनको प्रयोग गर्ने बानीको विकास नभएका कारण जिल्लामा पछिल्लो समय गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्ने गरेको पाइएको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ्ग कुँवरले बताए ।

यहाँको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाको इलाका स्वास्थ्य कार्यालय दौडमा मात्रै साउनसम्म ८० जना महिलाले सुरक्षित गर्भपतन सेवा लिनुभएको सो कार्यालयका प्रमुख शिवराज जोशीले बताए । उनले भने, “सुरक्षित गर्भपतन सेवा लिनु राम्रो हो तर गर्भपतनले महिलाको स्वास्थ्यमा पछि गएर समस्या देखिने भएकाले त्यसैको भर पर्नुभन्दा गर्भ निरोधक सामग्री प्रयोग गर्नु बढी उत्तम हुन्छ ।”

यसैगरी केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा एक वर्षको अवधिमा कम्तीमा पनि २०० जनाले गर्भपतन गराएको इलाका स्वास्थ्य कार्यालय वायलले जनाएको छ ।

जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या दिनप्रति दिन बढेको प्रति यहाँका स्वास्थ्यकर्मी नै चिन्तित बनेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका सबै स्वास्थ्य संस्थामा एक वर्षको अवधि कम्तीमा पनि दुई हजार २०० भन्दा बढी महिलाले गर्भपतन गराएका छन् ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समयमा जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालयका तेजबहादुर शाहीले बताए ।

उनले भने, “समस्या परेका महिलालाई सुरक्षित गर्भपतन सेवा राम्रो हो तर यो सेवा जिल्लामा अस्थायी साधनका रूपमा विकसित हुन थालेको छ, जसले गर्दापछि गएर महिलामा समस्या उत्पन्न हुने निश्चित छ ।”

जिल्ला अस्पतालदेखि यहाँका गाउँघरका पोलिक्लिनिकसम्म गएर भए पनि महिला तथा किशोरीले गर्भपतन गराउन थालेका कारण स्वास्थ्यकर्मीमा चिन्ता थपिएको उनको भनाइ छ ।

चालू आवमा २० वर्षमुनीका २८ महिलाले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ९७२ महिलाले गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी यहाँका निजी अस्पताल तथा पोलिक्लिनिकमा गरिएका गर्भपतन गरेको रेकर्ड भने राखिएको छैन ।

सुरक्षित गर्भपतन सेवा दिने कानूनी मान्यता नपाएका यहाँका निजी अस्पताल तथा पोलिल्किनिकको रेकर्ड हेर्ने हो भने जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या निकै धेरै देखिने जिल्ला स्वास्थ्यको अनुमान छ । गर्भपतन गर्दा हुने असरको जानकारी पाउँदापाउँदै पनि यहाँका महिला तथा किशोरीले गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

गर्भपतन गर्नेको सङ्ख्या अधिक हुनुमा अस्थायी साधन प्रयोग गर्ने बानीको विकास नहुनु, अशिक्षा, अवैध यौन सम्पर्क र महिलालाई दबाब दिएर गर्भपतन गराउने बानीका कारण बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी अमर भाटले जानकारी दिए ।

असुरक्षित रूपमा गर्भ रहेको खण्डमा निजी मेडिकलबाट समेत औषधि किन्ने तथा औषधि खाएर गर्भपतन गर्ने र औषधिको असरले उच्च रक्तस्राव हुँदैपछि गएर जटिल समस्या लिएर महिला तथा किशोरी अस्पतालमा उपचारका लागि आउने गरेको उनको भनाइ छ ।

सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन सेवा लिन सकिने नेपाल सरकारले प्रावधान तयार गरे पनि जिल्लामा आफू अनुकूल तथा पायक पर्ने ठाउँबाट नै गर्भपतन गराउने बढेकाले झनै समस्या देखिएको छ । असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुनु आमाको स्वास्थ्यका हिसाबले चुनौतीपूर्ण कुरा भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए ।

उनका अनुसार परिवार नियोजनका थुप्रै साधन हुँदाहुँदै पनि गर्भवती हुनुले परिवार नियोजनका साधन प्रयोगमा कमी आएको र यही कारणले आमाहरूमा समस्या हुने देखिन्छ । सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानूनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १२ : २५ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा