इलाममा आजबाट कोभिडविरुद्धको दोस्रो डोज लगाइँदै « Khabarhub

इलाममा आजबाट कोभिडविरुद्धको दोस्रो डोज लगाइँदै


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- पहिलो डोज खोप लगाएका जेष्ठ नागरिकलाई इलाममा मंगलबारदेखि कोभिडविरुद्धको दोस्रो डोज खोप लगाइँदैछ । पाँच स्थानीय तहमा आजबाट र पाँच स्थानीय तहमा बुधबारदखि खोप अभियान सञ्चालन हुँदैछ ।

देउमाई नगरपालिका, माई नगरपालिका, माङसेबुङ्ग गाउँपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा पहिलो डोज लगाएकाहरुले दोस्रो डोज पाउने छन् ।

१५ र १६ भदौमा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिको जेष्ठ नागरिकलाई खोप दिइने छ । त्यस्तै, १९ र २० भदौमा भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज दिइँदैछ । त्यस्तै, १७ भदौमा विश्वविद्यालय तहको परीक्षामा सामेल हुने विद्यार्थीका लागि प्रवेशपत्रको आधारमा खोप दिइने भएको छ ।

इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ, माइजोगमाई र सन्दकपुर गाउँपालिकामा भने बुधबारबाट खोप लगाइने छ । यी पाँच पालिकामा १६ र १७ गते कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाइने छ ।

त्यस्तै, १९ र २० भदौमा भेरोसेलको पहिलो डोज लगाएकालाई खोप लगाइने भएको छ । २१ भदौमा विश्वविद्यालयस्तरको परीक्षामा सामेल हुने परीक्षार्थीलाई खोप लगाइने स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : ०९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु