मन्त्रालय बाडफाँडमा सत्ता गठबन्धनका शीर्ष नेताबीच कुरा मिलेन | Khabarhub Khabarhub

मन्त्रालय बाडफाँडमा सत्ता गठबन्धनका शीर्ष नेताबीच कुरा मिलेन


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएको डेढ महिना बिते पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

सत्ता गठबन्धनका शीर्ष नेताले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने बताए पनि मन्त्रालयको भागबन्डा मिलाउन नेताहरुलाई नै सकस भइरहेको छ ।

मन्त्रालय भागबन्डाका लागि आज पनि सत्ता गठबन्धनका शीर्ष नेता असफल भएका छन् ।

सरकारलाई चाँडै पूर्णता दिने प्रतिवद्धतासहित बैठकमा जुटेका नेताबीच मन्त्रालय बाडफाँडमा कुरा नमिल्दा बैठक निष्कर्षबिहीन भएको हो ।

गठबन्धनमा आबद्ध दलले शक्तिशाली भनिएका मन्त्रालय आफ्नो भागमा पर्नुपर्ने दावी गरेपछि आजको बैठक निष्कर्षबिहीन भएको हो ।

आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका अध्यक्षबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा मतभेद देखिएको बैठकमा सहभागी एक नेताले बताए ।

उनका अनुसार बैठकमा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भौतिक पूर्वाधार तथा यातायात र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो पार्टीलाई दिनु पर्ने माग गरेका छन् ।

त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले माधव नेपालले माग गरेकै दुई मन्त्रालयमध्ये एक आफूहरूलाई पर्नुपर्ने माग गरेका छन् ।

यादवले शक्ति सन्तुलन मिलाउन पनि दुवै मन्त्रालयल समाजवादीलाई दिन नहुने तर्क गरेपछि नेता नेपालले असहमति जनाएका थिए ।

कांग्रेसले प्रधानमन्त्रीसहित दुई मन्त्रालय लिइसकेको छ। माओवादीले पनि दुई मन्त्रालय लिइसकेको छ। अब कसलाई कति र कुन मन्त्रालय दिने भन्ने विषयको छिनोफानो गर्न पनि सत्ता गठबन्धनका नेताहरु असफल भइरहेका छन्।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : २६ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना