बेपत्ताका अवस्था सार्वजनिक गर्न माग « Khabarhub

बेपत्ताका अवस्था सार्वजनिक गर्न माग


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– बेपत्ता पीडित परिवारले सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । अन्तरराष्ट्रिय बेपत्ता विरुद्धको दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि पुगेका उनीहरुको जाहेरी भने दर्ता हुनसकेन ।

आफन्त बेपत्ता भएको डेढ दशकसम्म पनि बेपत्ताको अवस्था सार्वजनिक नभएकाले सास या लाशको माग गर्दै पीडित परिवार जाहेरी दर्ताका लागि प्रयास गरेका हुन् ।

बेपत्ताको अवस्था सार्वजनिक गर्न र बेपत्ता पार्ने कार्यमा संलग्न पीडकको पहिचान गरी कानूनी कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

२०५९ सालमा जिल्लाको साविक वोदवार गाविस वडा नं ३ (हाल रोहीणी गाउँपालिका–५ बुची निवासी रामपलट भन्ने लौटु पासीलाई गैरकानूनी पक्राउ गरी थुनामा राखेको र बलपूर्वक बेपत्ता पारेको जनाउँदै पासीका परिवारले तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका हुन् ।

प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि गए पनि प्रहरीले उक्त जाहेरी दर्ता नगरी फिर्ता पठाएको पीडित बुधुले गुनासो गरे । उनले आफ्ना दाई लौटुसँग २०६१ साल जेठ २५ गते सोमबारका दिन अन्तिम भेट भएको र त्यसपछि कहिल्यै भेट गर्न नदिएको जनाउँदै तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।

“उमेरले २२ वर्ष पुगेका मेरा दाई अहिलेसम्म जिउँदो या मरेको भन्ने थाहा नपाउँदा परिवारमा शान्ति छैन । जिउँदो भए कहाँ छन् बताउनुपर्‍यो, मारेको हो भने जलाको गाडेको ठाउँ देखाइदिनुपर्‍यो”, उनले भने ।

शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्ने भनिएकामा १५ वर्ष भइसक्दासमेत काम हुनसकेको छैन । सङ्क्रमणकालीन न्याय अन्तर्गत बेपत्ता व्यक्तिको छानबिन गर्न आयोग गठन भए तापनि ती आयोगले प्रभावकारी रुपमा काम गर्न नसकेको बेपत्ता पीडित परिवारको गुनासो छ ।

जाहेरी दर्ताका क्रममा निःशुल्क सहायता गरेका अधिवक्ता शिवप्रसाद गौडेलले पीडित परिवारलाई न्यायको प्रत्याभूति आवश्यक रहेकामा जोड दिए । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सात वर्षसम्म परिणाम दिन नसक्दा उनीहरु निराश छन् ।

अधिकारकर्मी इन्दिरा आचार्यले कानूनमा स्पष्ट व्यवस्था हुँदाहुँदै प्रहरीले जाहेरी किन नलिएको भन्ने प्रश्न गरे । जिप्रकाका प्रमुख मनोजकुमार केसीले आफूलाई यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ४ : १५ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क