कालिज फर्ममा चितुवा पसेपछि… « Khabarhub

कालिज फर्ममा चितुवा पसेपछि…


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्लाको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँस्थित ‘कालिज बहुउद्देश्यीय फर्म’मा चितुवा पसेर कालिज मारिदिएको छ ।

सोही वडाका कर्ण बोहराले व्यावसायिक रुपमा कालिजपालन गरेका थिए । सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।

जङ्गलबाट राति फर्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फर्मभित्र पसेको चितुवालाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा बिहान धपाइएको थियो ।

बिक्रीका लागि तयारी अवस्थामा रहेका कालिज चितुवाले मारेपछि करिव रु पाँच लाख २५ हजार नोक्सानी भएको सञ्चालक कर्ण बोहराले जानकारी दिए । प्रतिकालिजको मूल्य रु तीन हजार ५०० देखि रु पाँच हजारसम्म रहेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्न थालेपछि यहाँका युवा कालिजपालनमा आकर्षित भएका हुँदै गएका छन् । बोगटान फुड्सिलका देवबहादुर बोहराले पहिलो पटक कालिजपालन सुरुआत गरेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ४ : ३२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी