झापामा सवारी दुर्घटनामा एकको मृत्यु, ४ जना घाइते « Khabarhub

झापामा सवारी दुर्घटनामा एकको मृत्यु, ४ जना घाइते


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

मेचीनगरमा सिटी सफारीको ठक्करबाट सोही नगरपालिका–७ निवासी ६१ वर्षीय नन्दलाल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मेचीनगर–६ को पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको मे १ ह ६२५९ नम्बरको सफारीले हिँडिरहेका अधिकारीलाई सोमबार साँझ ठक्कर दिएको थियो। ठक्करबाट घाइते उनको धुलाबारी अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै, मंगलबार बिहान बसको ठक्करबाट मेचीनगरमा एक जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–६ स्थित कालीखोला छेउ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १ ०१ ००१ ख ३४२३ नम्बरको बसले सडकमा हिँडिरहेका मेचीनगर–७ का ३९ वर्षीय कृष्ण गुरुङलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते गुरुङलाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोकमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्।

दुर्घटनामा भारत किशनगञ्ज जिल्ला लक्ष्मीपुर ग्राम पञ्चायत–२ घर भई हाल शिवसताक्षी–१० माइधारमा बस्ने सन्तुहाट मियाको १७ वर्षीय छोरा अहिम प्राइम मिया घाइते भएका छन्। उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–९ निवासी ४६ वर्षीय दिलकुमार खत्री र मोटरसाइकलमा उनको पछाडी बसेकी ३३ वर्षीया सुशीला मानन्धर लड्दा उनीहरू पनि घाइते भएका थिए। मोटरसाइकल र साइकललाई अस्थायी प्रहरी चौकी माइधारले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : ०१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी