सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे नेकपा एकीकृत समाजवादी « Khabarhub

सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे नेकपा एकीकृत समाजवादी


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १० जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

नेकपा एमालेकोतर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

सनाखत गर्नेहरुमा हाल मन्त्री रहेकाहरु पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी रहेका छन् ।

नयाँ पार्टी रोज्नका लागि निर्वाचन आयोगले दिएको भदौ २२ गतेसम्मको समयसीमाभित्र अन्य केही सांसदले पनि सनाखत गर्ने जनाइएको छ ।

यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेको भएपनि नयाँ पार्टी दर्ता भएपछि अंक गणित फेरबदल भएको छ ।

एमाले उपाध्यक्ष भीम रावलले माधव नेपाल पक्षको साथ छाडेपछि केही सांसदहरु एमालेमै रहने निर्णयमा पुगेको बुझिएको छ ।

निर्वाचन आयोगले नयाँ पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरूका लागि २२ गतेसम्मको समयसीमा तोकेको छ ।

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने पनि जनाएको छ

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ५ : ४६ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने