एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात « Khabarhub

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा रुकुमले बुढानिलकण्ठलाई २५–१९, २५–२१,२५–२१ ले पराजित गर्यो ।

त्यसैगरि पुरुषतर्फ शनिबार भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले २५–२३, २७–२५, २७–२५ ले कोशीलाई पराजित गरेको हो ।

त्यस्तै शनिबार नै भएको महिलातर्फको खेलमा एपिएफले मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा एपिएफ २५–४,२५–५,२५–४ ले विजयी भएको हो ।

त्यस्तै शनिबार भएको महिलातर्फको अर्को खेलमा न्यु डायमण्ड युथ स्पोर्टस क्लबले चुली युवा क्लबलाई ३–० को‌ सोझो सेटमा पराजित गर्यो । खेलमा न्यु डायमण्ड २५–१०,२५–५,२५–१५ ले विजयी भयो ।च्याम्पियनसिपमा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ८ : २५ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ