प्रदेश २ मा सरकारमा सहभागी हुने तयारीमा नेकपा (एकीकृत समाजवादी) « Khabarhub

प्रदेश २ मा सरकारमा सहभागी हुने तयारीमा नेकपा (एकीकृत समाजवादी)


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश नम्बर २ सरकारमा सहभागी हुने तयारी गरेको छ । नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा(एकीकृत समाजवादी) पार्टीका पक्षमा रहेको बताइएको छ ।

नेकपा एमाले संसदीय दलको नेता शत्रुधन महतोले आफूसहित १३ जना प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताए । उनीहरु प्रदेशसभामा उपस्थित भएर सनाखत गर्ने तयारीमा रहेको उनले जानकारी दिए । सनाखत गराउने बेलासम्म यो सङ्ख्यामा केही थपघट हुन सक्ने उनको भनाइ छ ।

यसअघि एमाले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई दलका नेता चयन गरेको थियो । यसरी नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नेमा प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेचु लुंगेली, दिल्ली उप्रेती, रवीन्द्र बैठा, खुसीमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ रहेको उहाँले जानकारी दिए । सनाखतलगत्तै दलको बैठक बसी दलका नेता चयन र सरकारमा जाने विषयमा औपचारिक निर्णय गर्ने नेता महतोको भनाइ छ ।

यसअघि जसपा नेतृत्वको प्रदेश नं २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ । प्रदेश नं २ मा रहेको ११ मन्त्रालयमध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् । बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउत आफूसँगै राखेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : ४५ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं