मार्कोनीको सफलता « Khabarhub

मार्कोनीको सफलता


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्यल्मो मार्कोनीले प्रथम व्यवहारिक रेडियो सिग्बल सिस्टमको आविष्कार गरे । त्यही काम वापत्ला उनले सन् १९०९ मा नोबेल पुरस्कार जिते । रेडियो र टिभीको आविष्कारमा मार्कोनीले महत्वपूर्ण योगदान दिए ।

किशोर अवस्थामा नै मार्कोनी घरको एक कोठाबाट अर्को कोठासम्म सन्देश पठाउँथे । उनको सपना संसारभर एक ठाउँबाट अर्को ठाउँसम्म सन्देश पठाउन सकियोस् भन्ने थियो ।

समयको बरबादी सिवाय अरू केही नहुने भन्दै उनका बाबुले उनलाई यो काम गर्न छोड्न भनेर धेरै सम्झाए । यसको सट्टा पैसा कमाउन सकिने कुनै काम गर्न उनका बाबु भनिरहन्थे । तर मार्कोनीले आफ्नो बाबुको सल्लाहलाई आफ्नो सपनाको बाधक बन्न नदिई लागिरहे ।

छोटो दुरीको सन्देश सफलतापूर्वक पठाउन सफल भएपछि सन् १९०१ मा मार्कोनीले बेलायतबाट अमेरिकासम्म तारविहीन सन्देश पठाउने निश्चय गरे । मार्कोनीले अमेरिका पुगेर एरियलको रुपमा बाँस तथा रेशमको एक पातालाई प्रयोग गरे । तेज हावाले यो पाताको एक छेउ उडाइदियो तर मार्कोनीले हार मानेनन् । उनले एउटा यस्तो पाता बनाए जुन हावामा सुरक्षित रहन सक्थ्यो ।

त्यतिबेला उनी धेरै निराश भएका थिए जतिबेला उनलाई लागिरहेको थियो यो प्रयोग सफल भएन अब मेरो जीवनको महान् सपना अधुरो रहने भयो । त्यही वेला अचानक उनले एक हल्का आवाज सुने । फेरि एउटा अर्को आवाज, फेरि एउटा अर्को आवाज । प्रयोग सफल भएको थियो। यो ३ वटा बिन्दुको पूर्व निर्धारित सङ्केत थियो । टेलिग्राफको भाषामा यसको अर्थ थियो एस अक्षर ।

केवल २७ वर्षको उमेमा उनको सपना पूरा भयो । ताररहित टेलिग्राफीको जन्म भयो र संसारको नक्सा बदलियो ।

साभार : ‘सफलता’ पुस्तकबाट

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ३५ बजे

एक महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)

काठमाडौं– बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई