राष्ट्रपति भण्डारी आज लुम्बिनीपछि पोखरा पुग्ने « Khabarhub

राष्ट्रपति भण्डारी आज लुम्बिनीपछि पोखरा पुग्ने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी र पोखरामा आयोजित कार्यक्रमका लागि त्यहाँ पुगेकी छन् ।

बुद्धजन्मस्थल लुम्बिनीमा उनलेमायादेवी मन्दिरमा पूजाअर्चना तथा निरीक्षण गर्ने, बज्रयान महाविहार र नेपाल मण्डल स्वागतद्वारको निरीक्षण गर्ने, शान्तिद्वीपबाट मायादेवी मन्दिरसम्म पैदलयात्रा गर्ने एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका बारेमा पनि जानकारी लिने कार्यक्रम रहेको छ ।

त्यस्तै लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम पनि रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए ।
उनकाअनुसार कोषको तर्फबाट लुम्बिनी गुरुयोजनाको हालसम्मको प्रगतिका बारेमा ‘ब्रिफिङ’ हुनेछ ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमेत सहभागी हुनेछन्। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, विभिन्न मन्त्रालयका सचिवहरु हिजो शनिबार नै लुम्बिनीमा पुगिसकेका छन् ।

लुम्बिनीको कार्यक्रम सकिएपछि राष्ट्रपतिद्वारा आज नै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइट जेड बुद्धमूर्तिको अनावरण गर्ने कार्यक्रम रहेको छ । सो बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा बर्माबाट ल्याइएको हो । फाउण्डेशनको निमन्त्रणामा स्पेनको एक्सत्रेमादुरा प्रदेशका सभामुख बेलानका मार्टिन डेलगाडो, संस्कृतिमन्त्री नुरिया फलोरेश रेडोन्डोसहित प्रतिनिधिमण्डल पनि लुम्बिनीमा पुगेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : २० बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका

कलाकार नारद खतिवडा गठी अरोपमा पक्राउ, ७२ लाखको डिल

काठमाडौं – हाँस्य कलाकार नारद खतिवडा ठगीको आरोपमा पक्राउ परेका

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौं- श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम