टोङ्गामा एक जनालाई कोभिड देखिएपछि लकडाउनको तयारी | Khabarhub Khabarhub

टोङ्गामा एक जनालाई कोभिड देखिएपछि लकडाउनको तयारी


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड महामारीका कारण अहिलेसम्म विश्वमा ५० लाख जनाको मृत्यु भइसकेको छ ।

महामारीकै कारण संसारभर २४ करोड जना जना संक्रमित छन् । त्यस्तै, कोभिडले विश्व अर्थतन्त्र नै प्रभावित छ । महामारीका कारण प्राय देशको अर्थतन्त्र चौपट परेको छ । तर, संसारमा एउटा मात्र देश छ जहाँ पहिलो पटक एक जनामा कोभिड देखिएको छ ।

प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भए यताकै पहिलो कोभिड संक्रमण पुष्टि भएको हो । न्युजिल्यान्डको उत्तर पश्चिममा अवस्थित टोङ्गा टापुको जनसंख्या एक लाख छ । अहिलेसम्म एकतिहाइले कोभिडको दुबै डोज खोप लगाएका छन् ।

तर, एक जनामा कोभिड देखिएपछि हजार्रौ मानिस खोप लगाउन हतारिएका छन् । खोप पाउने आशामा अहिले मानिसहरु खोप केन्द्रमा जम्मा भएका छन् । सरकारले मुख्य टोङ्गा टापुमा लकडाउनको तयारी गरेको छ । प्रधानमन्त्री पोहिभा तुएनिटोआले केही दिनमै लकडाउन हुने बताएका छन् ।

कसरी सर्‍यो भाईरस ?
टोङ्गाको स्वाथ्य मन्त्रालयका अनुसार पूर्ण खोप लगाएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको हो । उनी न्युजिल्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ यात्रुमध्ये एक हुन् । उनी घर फर्किदै थिए । सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ११ : १० बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार