विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा « Khabarhub

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् ।

बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने बताएका हुन् ।

गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताको विषय नेपालको संविधानसँग जोडिएकाले हाललाई  त्यो सम्भव नरहेको उनको भनाइ थियो । उनले बेलायतको नागरिकता लिएका नेपाली यहाँको सांसद् हुनसक्ने सम्भावना औल्याउँदै गैरआवासीय नेपालीले नेपाललाई निरन्तर सहयोग गरिहेकामा प्रसंशासमेत गरे ।

कार्यक्रममा समितिका अध्यक्ष युवराज गुरुङले जनसम्पर्क समितिका कामकारबाहीबारे जानकारी गराउँदै प्रवासमा रहेका नेपालीका समस्या र चनौतीका सम्बन्धमा उनको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन आइपुगेका हुन् ।- रासस

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १ : २४ बजे

नयाँ सरकार पनि पुरानै बाटोमा : थप पाँच देशमा श्रमिक युवा पठाउन श्रम सम्झौता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि वैदेशिक रोजगारीमा जानु नपर्ने

सबै प्रदेशका सांसदसँग चरणबद्ध छलफलमा प्रधानमन्त्री शाह

काठमाडौं– बालेन्द्र शाहले सबै प्रदेशका सांसदहरूसँग चरणबद्ध छलफल सुरु गरेका

प्रि–मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं– देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष