आर्यन खानको रिहाइमा रामगोपाल बर्माको मजाक | Khabarhub Khabarhub

आर्यन खानको रिहाइमा रामगोपाल बर्माको मजाक


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड फिल्म निर्देशक तथा निर्माता रामगोपाल बर्माले शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा धरौटीमा छुटेको विषयलाई मजाकका रूपमा उडाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आर्यनको मजाक उडाएका हुन् ।

‘हरेक बर्ष तिहारमा एकजना खानको फिल्म रिलिज हुँदै आएको थियो । यो वर्ष पनि एउटा खान रिलिज भएको छ,’ बर्माले ट्विटरमार्फत लेखेका छन् ।

‘सत्या’, ‘रंगीला’, ‘जंगल’, ‘प्यार तुने क्या किया’, ‘कम्पनी’, ‘रोड’, ‘सरकार राज’ जस्ता चर्चित फिल्मका निर्देशक तथा निर्माता वर्मा पछिल्लो समय भने सामाजिक सञ्जालमा अन्टसन्ट ट्विटर तथा स्टाटसका कारण चर्चा र विवादमा परिरहन्छन् । उनले विशेषगरी बलिउड स्टार, स्टारकिड तथा नेताहरूलाई व्यंग्य गर्ने गरेका छन् । यसपटक उनको निशानामा शाहरुखपुत्र आर्यन परे ।

आर्यन शनिबार बिहान जेलबाट रिहा भएर घर गएका थिए । त्यसपछि उनको रिहाइबारे बर्माले ट्विट गरेका हुन् । आफ्नो अभिव्यक्तिका कारण धेरै गाली खाने निर्देशकमा बर्मा पनि पर्छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : २५ बजे

तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

दमौली– तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन्

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट– बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा

केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको