खाद्य कम्पनीको चामल ‘खानयोग्य’ रहेको पुष्टि « Khabarhub

खाद्य कम्पनीको चामल ‘खानयोग्य’ रहेको पुष्टि


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बास्मती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको छ ।

काठमाडौँ थापाथलीस्थित कम्पनीको गोदामबाट कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरीसुर्खेत पठाइएको भन्ने सूचना आएपछि संयुक्त अनुगमन टोलीले यही असोज ६ गते नमूना सङ्कलन गर्नुका साथै बिक्रीवितरणमा प्रतिबन्धलगाएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा जिल्ला प्रशासन, उपभोक्ता अधिकार मञ्चलगायत सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले  प्रादेशिक गोदाममा रहेको एक हजार ९७५ क्विन्टल बास्मती चामल बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

सरकारी स्वामित्वको खाद्य कम्पनी लिमिटेडले आफ्ना डिपोमार्फत दुर्गम जिल्लाका लागि सहुलियत मूल्यमा चामल, दाल बिक्रीवितरण गर्ने गर्दछ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा सहायक विनोद पौडेलले आजदेखि उक्त चामलको बिक्रीवितरण सुरु भएको जानकारी दिए ।

उनकाअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले शुक्रबार बिक्री प्रतिबन्ध फुकुवा गरेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : ५८ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते