सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादीको दाबी | Khabarhub Khabarhub

सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादीको दाबी


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । त्यसका लागि समन्वय गर्न पार्टीको केन्द्रीय कमिटीसँग माग गर्ने लिखित निर्णयसमेत भएको छ ।

एकीकृत समाजवादी पार्टी प्रदेश सभा संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीका अनुसार प्रदेश सभामा ठूलो दल भएपछि सरकारको नेतृत्व पाउनुपर्ने माग आएपछि केन्द्रलाई पत्र पठाउने निर्णय गरिएको हो ।

‘एकीकृत समाजवादी पार्टी संसदीय दलको शुक्रबार बसेको बैठकले आफ्नो पार्टीको नेतृत्वमा प्रदेशस सरकार बनाउनुपर्ने माग राख्दै केन्द्रलाई पत्राचार गर्ने निर्णय गरिएको छ,’ संसदीय दलका नेता सोडारीले भने, ‘केन्द्रको रायअनुसार आगामी रणनीति तय हुने छ ।’ उनले बैठकका थप निर्णय भने सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताए ।

प्रदेश सभामा नेकपा एस ठूलो दल भएका कारण सरकारको नेतृत्वका लागि दाबी गर्नु स्वाभाविक भएको उनले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सुदूरपश्चिममा आउँदा पनि त्यसको केही संकेत देखाएका थिए । गत बिहीबार कञ्चनपुर पार्टी कार्यालय उद्घाटन गर्न सुदूरपश्चिम आउने क्रममा अध्यक्ष नेपालले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सरकार परिवर्तन भए ठूलो दलका हैसियतले त्यसको नेतृत्व नेकपा एसले गर्ने बताएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ६ : ४८ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही