जग्गा हडप्न निर्मलालाई बेपत्ता बनाएको छानबिन समितिको निष्कर्ष « Khabarhub

जग्गा हडप्न निर्मलालाई बेपत्ता बनाएको छानबिन समितिको निष्कर्ष


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेका नकुन्नी धोबीको मृत्यु प्रकरण र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानविन गर्न गठित समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानविन समितिले प्रतिवेदन बुझाएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले छानविनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका छन् ।

समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नकुन्नी धोबीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख छ ।

जाहेरीपछि अनुसन्धान भएर दुवै आरोपी हाल पुर्पक्षका लागि थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको जनाइएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ का निर्मला कुर्मीको बेपत्ता प्रकरणमा भने जग्गाको कुरा जोडिएको प्रतिवेदनले औँल्याएको छ । जग्गा हडप्न उनलाई बेपत्ता बनाएको समितिले निष्कर्ष निकालेको छ । समितिले निर्मला कुर्मीको घटनामा सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गरी अनुसन्धान गर्न सिफारिस गरेको छ ।

छानबिन समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य थिए ।

बाँकेकी रुबी खानलगायतका अधिकारकर्मी बाँकेबाट पैदल हिँडेर काठमाडौँ पुगेर प्रदर्शन गरेका थिए । निर्मला र नकुन्नीलाई न्याय माग्न उनीहरु पैदेल काठमाडौँ पुगेर आन्दोलन गरिरहेका बेला प्रहरीले रुबी खानलाई पक्राउ गरेर बाँके लगेको थियो । बन्दीप्रत्येक्षीकरणको रिटबाट रिहा भएपछि रुबी अनसन बसेकी थिइन् । त्यसपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : २४ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन