चीनमा उपचाररत माओवादी नेता पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त « Khabarhub

चीनमा उपचाररत माओवादी नेता पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त हुन थालेका छन् ।

सोमबार मात्रै चीनका उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका नेता पुनले आज ग्वान्झाओका महावाणिज्यदूत लगायतको टोलीसँग भेट गरेका हुन् । भेटमा महावाणिज्यदूत रामशरण पुडासैनीसँगै एनआरएनएका अध्यक्ष यादव अर्याललगायत सहभागी थिए ।

यतिबेला पुनको पार्टी नेकपा माओवादी केन्द्र भने काठमाडौंमा आठौं महाधिवेशन गरिरहेको छ ।

बिहीबारको भेटका क्रममा नेपाली टोलीले चीनसँगको व्यापार तथा पारवहन लगायतका क्षेत्रमा अवस्था सहज बनाउनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराईदिन माग गरेका थिए ।

नेता पुनको स्वास्थ्य लाभको कामना गर्न सेनजेनस्थित अस्पतालमा पुगेका उनीहरुले तातोपानी तथा केरुगं नाकाबाट आयात निर्यातको मात्रा बढाउनु पर्ने, नेपाल चीनबीचको उडान सूचारु गराउन नेपाल सरकारले पहल गर्नुपर्ने बताएका थिए । नेता पुनले यस विषयमा नेपाल आएर सरकारसँग छलफल गरेर पहल गर्ने जवाफ दिएको भेटमा सहभागि पूर्वसभामुख तथा नेता पुनकी पत्नी ओनसरी घर्तीले जानकारी दिएको पुनको सचिवालयले जनाएको छ ।

महावाणिज्यदूत पुडासैनीले चीन सरकार नेपालको कृषि, वाणिज्य तथा व्यापारलगायतका क्षेत्रमा सहयोग र ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न समेत उत्सुक रहेकाले सोही अनुसारको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए ।

नेता पुनसँग केही दिन अघि ल्हासाका महावाणिज्यदूत नवराज ढकालले पनि भेट गरेर स्वास्थ्य लाभको कामनासहित दुई देशबीचको व्यापार र वाणिज्यको क्षेत्र फराकिलो बनाउन पहल गरिदिन माग गरेका थिए ।

बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराईरहेका नेता पुन बैंककमा निको नभएपछि चीन गएका हुन् ।

माओवादीको आठौं राष्ट्रिय महाधिवेशन जारी रहँदा उनि चीनमा उपचाररत छन् । चिकित्सकको सल्लाह पछि अब छिटै नेपाल फर्कने उनले जानकारी दिएका छन्।

जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक गएका थिए । उनको मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज मा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ९ : २७ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये