‘नाचौं नाचौं’ लिएर आइन् सम्झना « Khabarhub

‘नाचौं नाचौं’ लिएर आइन् सम्झना


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा बसेर नेपाली गीत गायनमा सक्रिय गायिका सम्झना पाण्डेको गीत ‘नाचौं नाचाौं’ सार्वजनिक भएको छ । काठमाडौं बिहीबार आयोजित एक कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरे ।

डान्सिङ नम्बरको गीतमा गायिका सम्झनालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् । गीतमा राजनराजकै शब्द तथा संगीत र राजन इसानको संगीत संयोजन छ ।

राहुल शाहको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा गम्भीर विस्ट,सम्झना पाण्डे, राहुल शाह, साइलेश विस्ट र कविता न्यौपाने फिचर्ड छन् । भिडियोमा हरी हुमागाईंको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियो सम्झना पाण्डेको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पाण्डेको यसअघि चारवटा गीत सार्वजनिक भइसकेका छन् । कार्यक्रममा सम्झनाको अर्को गीतको भिडियो पनि देखाइइएको थियो । अनुप चापागाईको निर्देशनमा बनेको भिडियोमा सम्झना पाण्डे र शिशिर भण्डारी फिचर्ड छन् । भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र केविका खत्रीको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ११ : ३९ बजे

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा