हुस्सु हटेसँगै त्रिभुवन विमानस्थलबाट उडान शुरू « Khabarhub

हुस्सु हटेसँगै त्रिभुवन विमानस्थलबाट उडान शुरू


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेपछि त्रिभुवन विमानस्थलमा विहानदेखि अवरूद्ध भएको उडान तथा अवतरण शुरू भएको छ ।

भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज उडान भएका थिएनन्  । सामान्यता उडानका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिने गर्छ । अहिले सो भिजिबिलिटी पुगेपछि उडान शुरू भएको विमानस्थल प्रशासनले जनाएको छ ।

विदेशबाट आएर काठमाडौँ र सिमराको आकाशमा होल्ड भएका ४ विमानहरू अवतरण भएका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।

आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान भएको छ ।

यसअघि बिहान कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाएर होल्ड भएका थिए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर लागेको बाक्लो हुस्सु बिहान ११ बजेपछि क्रमिक रूपमा खुलेको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १२ : ४६ बजे

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर

‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन

बुटवलको मोतिपुरमा प्रदर्शन, भने- डोजर आतंक बन्द गर, सुकुम्वासी हुनु रहर होइन, बाध्यता

काठमाडौं– मोतिपुर क्षेत्रका बासिन्दा डोजर प्रयोग गरेर बस्ती हटाउने तयारीविरुद्ध