मन्त्री आलेको बोर्डका सीइओ रेग्मीलाई कटाक्ष: पर्यटन बोर्डमा ‘साँढे’ को प्रवेशले डुबायो | Khabarhub Khabarhub

मन्त्री आलेको बोर्डका सीइओ रेग्मीलाई कटाक्ष: पर्यटन बोर्डमा ‘साँढे’ को प्रवेशले डुबायो



काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई इंकित गर्दै ‘साँढे’ का कारण बोर्ड धराशायी भएको बताएका छन् ।

पर्यटनको बोर्डको २३ औँ वाषिकोत्सव कार्यक्रममा बोल्दै आलेले सीइओ रेग्मीले आफ्नो फाइदा मात्र हेर्ने गरेकाले पर्यटन बोर्डले गर्नुपर्ने काम गर्न नसकेको दाबी गरे ।

उनले कोभिडका कारण पर्यटन क्षेत्र थला परेको र यसको उत्थानको लागि नेपाल ‘सेफ जोन’मा रहेको सन्देश दिँदै सबैलाई नेपाल भ्रमणको आग्रहका लागि लागि वर्ल्ड ट्राभल मार्ट, लण्डनको कार्यक्रममा रेग्मीकै आग्रहमा जबरजस्ती गएको तर त्यहाँ आफू अपमानित भएको बताए ।

‘म लन्डन जाँदै जान्नँ भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ मन्त्री आलेले भने, ‘लन्डन गएँ, दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने ।’

‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सीइओ बनाए भने बोर्ड चल्छ ?,’ उनले भने ।

मार्टको फोरममा आफ्नो कुरा राख्न पाएको भए नेपालको पर्यटनमा केही टेवा पुग्ने उनको भनाइ थियो ।

मन्त्री आलेले लण्डनबाट नेपाल आउँदा रु १२ लाख ३५ हजारको टिकट काटेका थिए । यो सामान्य भाडाभन्दा १० गुणा बढी भएको भन्दै विरोध भइरहेको छ । ‘लण्डन जाँदा आउँदा टिकट कति लाग्छ त्यो हेर्ने मन्त्रीको काम होइन, त्यो त कर्मचारी व्यवस्थापनले गर्ने कुरा हो,’ मन्त्री आलेले आफ्नो बचाउ गरे ।

‘यस्तो साँढेलाई पर्यटन बोर्डको सीइओ बनाउँदा संस्था चल्छ?’, आलेले थपे, ‘बोर्ड सदस्यको पनि कुरा नखाने र जहिले पनि रक्सीमा नै मख्ख पर्ने प्रवृतिको मान्छेले पर्यटन बोर्ड डुबाए ।

जहाँ कार्यक्रममा जाँदा पनि रक्सी खानलाई नै अघि सर्ने व्यक्तिलाई सीइओ बनाइनु विडम्बना भएको उनले बताए ।

‘मेरो इमान कसैले किन्न सकिँदैन, चार वटाको टोयटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो कुर्सीमा बस्नेवाला छैन ।’

अहिलेको समयमा कसैलाई पनि माफी गर्ने समय नभएकोले सबैले नियम, ऐनमा बसेर इमान्दार र उत्तरदायी भएर काम गर्न पनि आलेले निर्देशन दिए ।

नेपाल वायुसेवा निगमका कर्मचारीकै कारण निगम धराशायी भएको उनले आरोप लगाए । ‘निगमका कर्मचारी कहाँ जहाजको टायर बेच्न पाइन्छ, कहाँ नटबोल्ट बेच्न पाइन्छ भनेर हिँडिरहेका छन्,’ उनले भने ।

उनले निगममा धेरै विकृति भएकाले सुधार गर्न समय लाग्ने पनि बताए । साथै उनले निगमका कर्मचारी नै सेटिङ गरेर भष्ट्राचार गरिरहेको पनि दाबी गरे ।

उनले एयरपोर्टको सरसफाइका लागि आह्वान गर्दा एउटा कम्पनीले टेण्डरमा ३ करोड ७२ लाख को टेण्डर हालेको, अर्कोले ३ करोड २३ लाखमा टेण्डर हालेको तर यहाँ सेटिङ गरी ३ करोड ७२ लाख लाई दिने प्रपञ्च भइरहेको समेत दाबी गरे ।

साथै उनले खाडी मुलुकमा जाने मजदुर गाउँबाट नै ठगीमा पर्न शुरु हुने पनि बताए । त्यस्तै उनले नेपाल सरकारको मातहतमा रहेको अध्यागमनका कर्मचारीले तिनै मजदुरलाई नै दुःख दिने गरेको पनि बताए ।

करीब २० प्रतिशत विप्रेषण ती गर‍ीब तथा सर्वहारा खाडी मुलुकमा जाने नेपालीले पठाउने गरेको उनले दाबी गरे ।

विदेश जाने नेपालीलाई पीसीआर गर्नका लागि २ हजार तोकिएको मा १२ सय रुपैयाँमा झारेको पनि उनले भने । ठगी धन्दा नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्मचारीको मिलेमतोमा हुने गरेको उनको दाबी छ ।

ती विदेश जानेको लागि ३ हजार ३५ तातो पानी, टेलिभिजन, इण्टनेट सुविधा भएको भिआइपी कक्ष निर्माण भएको र छिट्टै ३०० जना अट्ने कक्ष बनाउन लागेको बताउँदै उनले नीजी क्षेत्रले विमानस्थललाई आफ्नो प्रभावमा पारी ठाउँ कब्जा गरेको बताए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव तथा बोर्ड अध्यक्ष महेश्वर न्यौपानले बोर्डमा अब दक्ष मान्छे नियुक्ति हुने बताए । राजनीतिक नियुक्ति गर्दा सम्बन्धित क्षेत्रको विज्ञभन्दा ‘हाम्रो मान्छे’ नियुक्ति भइरहेको मा अब बोर्डमा त्यस्तो नहुने बताए ।

त्यस्तै, पर्यटन बोर्डको पुर्नसंरचना, एकद्धार नीति, कर्मचारीलाई वर्षको १० दिन भ्रमण विदा लगायतका विषयमा कुरा भइरहेको पनि उनले बताए । साथै उनले आन्तरिक पर्यटनलाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताए ।

‘नेपालको प्रचार गर्न अब सामान्य रुपमा नगरी ‘देशगत विविधीकरण’ साथै ‘डिजिटल युग’ को आवश्यकता अनुसार प्रचार प्रसार गर्न पनि पर्यटन बोर्ड लागि रहेको उनले बताए ।

 

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  २ : ०२ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू