माओवादी बन्दसत्रः प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्यक्ष प्रचण्डद्वारा जवाफ दिन सुरु « Khabarhub

माओवादी बन्दसत्रः प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्यक्ष प्रचण्डद्वारा जवाफ दिन सुरु


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । महाधिवेशनको छैठौं दिन आज अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफूले प्रस्तुत गरेको राजनीतिक वैचारिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिन सुरु गरेका छन् ।

दिउँसो १ बजेबाट सुरु भएको बन्दसत्रमा यसअघि निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरेर अध्यक्ष प्रचण्डले उठेका प्रश्नमाथि जवाफ दिन सुरु गरेका हुन् ।

बन्दसत्रको दिन अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा छलफल तथा निष्कर्ष सुझाव सुनाउन २५ वटा समूह गठन गरिएको थियो । २५ वटै समूहले बिहीबारसम्म विभिन्न प्रश्न उठान गर्दै निष्कर्ष सुनाइसकेपछि अध्यक्ष दाहालले जवाफ दिन थालेका हुन् ।

समूहगत छलफलबाट कम्युनिस्ट नेताको आचारण, संस्कार, जीवनशैली, वैचारिक स्पष्टतादेखि अन्तर्राष्ट्रिय विषयसम्म थुप्रै सुझाव आएका छन् । जसलाई दस्तावेजमा समेट्न माग गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  २ : ३६ बजे

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा