सन् २०२१ मा बलिउडः अभिनेत्रीको दबदबा | Khabarhub Khabarhub

सन् २०२१ मा बलिउडः अभिनेत्रीको दबदबा


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बीबीसी)– सन् २०२१ बलिउड फिल्मका लागि अविश्वसनीय रुपले चुनौतीपूर्ण रह्यो । कोरोना महामारीका कारण लामो समयको प्रतिक्षापछि थिएटर खुले र सलमान खान, अक्षय कुमार, रणवीर सिंह र आयुष्मान खुराना जस्ता कलाकारको फिल्म रिलिज भए ।

केही फिल्म सफल र केही असफल भए । तर सन् २०२१ को लेखाजोखा गर्ने हो भने यो वर्ष अभिनेत्रीका लागि विशेष रह्यो । जहाँ एक–दुई मात्र नभई कैयौं अभिनेत्रीले आफ्नो दमदार अभिनयको छाप छोडे ।

यो वर्ष हुमा कुरैशी र विद्या बालनदेखि लिएर ओटीटीमा डेब्यू गरेकी दक्षिण भारतीय सुपरस्टार समन्था, रवीना टण्डन र लारा दत्ताले ओटीटीमा आफ्नो अभिनयको छाप छोडे ।

कोरोना संक्रमणको मामला कम हुनासाथ थिएटर पुनः खुले, तर यसको पर्खाइ बिना नै महिला प्रधान फिल्म निर्मातहरुले ओटीटीमा बेचिदिए । यी सबै फिल्मबाट अभिनेत्रीहरुले राम्रो चर्चा पाए । ओटीटीबाट रिलिज हुने फिल्ममा पहिलो सुरुवात ‘मिमी’बाट भयो ।

फिल्म समीक्षकका अनुसार फिल्ममा अभिनेत्री कृति सेननले आफ्नो करियरकै प्रभावशाली अभिनय गरेकी थिइन् । यसमा उनी ‘परम सुन्दरी’ गीतको लोकप्रियतादेखि लिएर सरोगेट आमाको भूमिकामा देखिएकी थिइन् । फिल्मको सबै जिम्मेवारी आफ्नो हातमा लिँदै कृतिले सरोगेसी जस्तो महत्वपूर्ण संवेदनशिल विषयलाई निकै उत्कृष्ट ढंगले निर्वाह गरेकी थिइन् ।

‘अजीब दास्ता’ वेब शोका साथ अभिनेत्री नुसरत भरुचाका लागि यो वर्ष निकै राम्रो रह्यो । यो फिल्मबाट उनले ‘बुसान इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘एशियन कन्टेन्ट अवार्ड’मा ‘सर्वश्रेष्ठ अभिनेत्री’को सूचीमा मनोनित हुने अवसर पाइन् । यो फिल्म उनको करियरमा एक टर्निङ पोइन्ट साबित भयो किनकी उनले आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर पाइला राखिन् र फिल्मलाई एक महत्वपूर्ण सन्देशका साथ अगाडि बढाइन् ।

उनले अभिनय गरेको फिल्म ‘छोरी’ले कन्या भ्रुण हत्याविरुद्ध आवाज उठाएको थियो । यो फिल्म नुसरत प्रति दर्शकको बुझाईलाई परिवर्तन गर्न सफल रह्यो ।

अभिनेत्री विद्या वालनको फिल्म ‘शकुन्तला देवी’लाई ओटीटीमा दर्शकले मनपराए । यसै वर्ष अमेजन प्राइममा विद्याको फिल्म ‘शेरनी’को लोकप्रियता उत्तिकै रह्यो ।

यो फिल्म जंगली जनावरको संरक्षण गर्नुपर्ने विषयमा आधारित थियो । विद्या ती अभिनेत्रीमा पर्छिन्, जसले कैयौं महिला प्रधान फिल्मलाई दर्शकसम्म मात्र पुर्‍याइनन्, त्यसलाई सफलताको उचाईसम्म लगिन् ।

दर्शकको मन जित्न सफल अभिनेत्री तापसी पन्नुको फिल्म ‘रश्मी रुकेट’ यसै वर्ष रिलिज भयो । ‘हसीन दिलरुबा’ पछि यो उनको दोस्रो ओटीटी फिल्म थियो । यो फिल्मले भारतीय तेज धाविका दुती चान्दको सम्झना दिलाउछ । जसले जेण्डर टेस्टमा असफल भएपछि एशियन गेममा खेल्ने मौका गुमाएकी थिइन् । फिल्ममा तापसीको भूमिका त्यसरी नै देखाइयो, जसले उनलाई छोरी कम छोरा ज्यादा सम्झन्थे ।

फिल्ममा उनी रकेटजस्तै उड्नेवाला धाविका छिन् । जिन्दगीको उतारचढावपछि उनले राष्ट्रिय टिममा सहभागिताको अवसर पाउछिन् ।

यो वर्ष रिलिज फिल्म ‘बेल बटम’मा अभिनेत्री लारा दत्ताले इन्दिरा गान्धीको भूमिकामा अभिनय गरेर सबैलाई अचम्मित बनाएकी थिइन् । उनी यसै वर्ष ओटीटीमा डेब्यू गरिन् । उनी अभिनित शो ‘हिकअप्स एण्ड हुकअप्स’ ओटीटीमा रिलिज भएको थियो । यो शोमा लाराले ४० वर्षकी एकल आमा वसुको भूमिका निर्वाह गरेकी थिइन्, जो जीवनसाथीको खोजीमा हुन्छिन् ।

अभिनेत्री समान्था रुथ प्रभुले मनोज वाजपेयीसँग ओटीटी वेब सिरिज ‘फेमिली मेन सिजन २’मा दमदार भूमिका निर्वाह गरेकी थिइन् । उनले यो सिरिजका साथ डिजिटल प्लेटफर्ममा डेब्यू गरेकी थिइन् । ‘फेमिली मेन सिजन २’मा समान्था ‘राजी’ नामको भूमिकामा थिइन्, जो आतंकवादीसँग मिलेर काम गर्छिन् ।

राजीको भूमिकामा समान्थालाई निकै खुंखार देखिन्छ । उनी प्रहरीलाई लामो समयसम्म झुक्याएर एक उद्योगमा काम गर्छिन् र पछि उनीहरुलाई मारेर फरार हुन्छिन् । उनले यो फिल्मका लागि ‘फिल्म फेयर ओटीटी अवार्ड’मा ‘सर्वश्रेष्ठ अभिनेत्री’को अवार्ड नै जितिन् ।

बलिउड फिल्ममा आफ्नो छाप छोडिसकेकी अभिनेत्री रवीना टण्डनले नेटफ्लिक्स शो ‘अरण्यक’बाट आफ्नो डिजिटल डेब्यू गरिन् । रवीनाको यो क्राइम–थ्रिलरलाई दर्शकले निकै मनपराए । ‘अरण्यक’को कथा रवीनाको भूमिका कस्तुरी डोगरा वरपर घुम्छ । जो एक आमासँगै प्रहरी अधिकृत पनि हुन्छिन् ।

गत वर्ष हटस्टारमा रिलिज अभिनेत्री सुस्मिता सेनको वेब सिरिज ‘आर्या’लाई दर्शकले निकै मनपराएका थिए । यसपछि आएको ‘आर्या २’ ले पनि उत्तिकै तारिफ पायो । सुस्मिताले आफ्नो शैली, अभिनयकाकारण दर्शकको मन जितिन् । फिल्ममा उनको दमदार संवादसँगै स्टण्टले पनि चर्चा पायो ।

बलिउड अभिनेत्री हुमा कुरैशीको वेब सिरिज ‘महारानी’ले यो वर्ष खुबै चर्चा पायो । ‘महारानी’मा उनको भूमिका एक साधारण गृहिणीदेखि लिएर राजनीतिमा पाइला चालेकोसम्म देखाइएको छ । सिरिजमा उनको नाम भारती हुन्छ, जो आफ्नो सन्तानका साथ बिहारको एक गाउँमा बस्छिन् । उनको जिन्दगीमा कैयौं उथलपुथल भएपछि उनी बिहारको मुख्यमन्त्री बन्छिन् ।

अभिनेत्री सुप्रिया पाठक हरेक भूमिकामा अभिनय गर्न सक्षम अभिनेत्रीका रुपमा चिनिन्छिन् । उनको कमेडीदेखि ‘दबंग’ महिलासम्मको भूमिका दर्शकका लागि उत्तिकै रुचीकर छ । ओटीटी प्लेटफर्म सोनी लिवको शो ‘टब्बर’मा सुप्रियाले सरगुनको भूमिका निर्वाह गरेकी थिइन् । जो आफ्नो छोराको सुरक्षाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छिन् ।

उनले एमएक्स प्लेयरको शो ‘कार्टेल’मा रानी माईको भूमिका निर्वाह गरिन् । जो माफिया परिवार चलाउछिन् । यी दुवै शोमा उनको भूमिकालाई दर्शकले उत्तिकै माया गरे ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  २ : ४८ बजे

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन

काठमाडौं– सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ ।  आगामी

उद्योग वाणिज्य मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट

काठमाडौं- सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८

चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिने

काठमाडौं- सरकारले चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको

अल्लोबाट बनेको छ अर्थमन्त्रीले बोकेको बजेट पुस्तिकाको ‘ब्रिफकेस’

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट पुस्तिका बोक्न

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजनाको घोषणा

 काठमाडौं– सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज