विद्युत आपूर्ति अनियमितता समस्या समाधान गर्दैछौँ, अब झ्यापझ्याप बत्ती जाँदैन: कुलमान घिसिङ (भिडियो) « Khabarhub

विद्युत आपूर्ति अनियमितता समस्या समाधान गर्दैछौँ, अब झ्यापझ्याप बत्ती जाँदैन: कुलमान घिसिङ (भिडियो)


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाडो बढेसँगै बढेको विद्युतको लोड धान्न नसक्दा बेला बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आजबाट झ्यापझ्याप बत्ती नजाने पनि बताएका छन् ।

शुक्रवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यो समस्याको समाधान केही दिनमा गर्ने बताए । उनले अहिले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्नुपर्दा बिजुली जाने समस्या आएको बताए ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै समस्या समाधान गर्ने बताए । ‘जाडो बढेसँगै एसी, हिटरको प्रयोग बढेका कारण विद्युतको माग बढेको छ,’ घिसिङले भने, ‘लोड धान्न नसक्दा बत्ती जाने समस्या देखिएको छ, केही दिनभित्र समाधान गछौं’

काठमाडौं उपत्यकामा ५०–६० वटा ट्रान्सफर्मरमा समस्या देखिएको र झरीका कारण त्यसलाई फेर्न नसक्दासमेत उपभोक्ताले नियमित विद्युत पाउन नसकेको घिसिङले बताए ।

लोडसेडिङकै झल्को दिने गरी विद्युत आपूर्ति अनियमित हुन थालेपछि केही दिनयता सर्वसाधारणले विद्युत प्राधिरणको आलोचना गर्दै आएका छन् । सामान्यता काठमाडौंमा तीन मेगावाट विद्युत माग हुने गरेकोमा केही दिनयता पाँच मेगावाटसम्म पुगेको छ । यसैगरी देशभर विद्युतको माग एक हजार तीन सय मेगावाटबाट एक हजार सात सय मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ३ : २० बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका