कोरोना त्रासका बीच नेपाल प्रवेशमा सहज बनाउने मन्त्रिपरिषद्को निर्णय « Khabarhub

कोरोना त्रासका बीच नेपाल प्रवेशमा सहज बनाउने मन्त्रिपरिषद्को निर्णय


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएसँगै विदेशबाट नेपाल प्रवेशमा कडाइ गरेको सरकारले त्यसलाई सहज बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले कोरोनाको लक्ष्यणसँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा १० दिन घरमै क्वारेन्टाइन बस्नेगरि प्रवेश अनुमति दिने निर्णय गरेको हो ।

खोपको पूर्णमात्रा लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनितिक वा अफिसियल पासपोर्टबाहक वा आवसिय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थाम घरमै १० दिन क्वारेन्टिन बस्नेगरी प्रवेश अनुमति दिइने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकहरुको भने नेपाल प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ।

परीक्षण रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा पठाउने र नेगेटिभ देखिएकालाई घरमै १० दिन क्वारन्टिनमा बस्नेगरी प्रवेश अनुमति दिने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ८ : ४० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल