सीके राउतका ९ जना कार्यकर्ता पक्राउ « Khabarhub

सीके राउतका ९ जना कार्यकर्ता पक्राउ


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– किसान आन्दोलनका नाममा तराइका जिल्लामा सीके राउत नेतृत्वको जनमत पार्टीले विरोधप्रदर्शन गरेको छ । जनमत पार्टीका कार्यकर्ताले विभिन्न स्थानमा गाडीमाथि आगजनी गरेका छन् भने पूर्व पश्चिम राजमार्ग बन्द गर्न टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रहरीले शुक्रबार जनमत पार्टी उपाध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटका चपुरमा प्रहरीले जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहासहित नौ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको हो । जनमत पार्टीले पूर्व घोषित कार्यक्रम अनुसार शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम राखेको थियो ।

सिराहाको औरही गाउँपालिकामा किसानको लागि आएको गहुँको बिउ वितरणमा ढिलाइ भएपछि केही स्थानीय किसानले उक्त गहुँ आफ्नो लिएर गएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

उक्त घटनालाई लिएर जनमत पार्टी विभिन्न ७ बुँदे माग गर्दै आन्दोलनमा उत्रेका छन् । प्रहरीले उक्त घटनामा पक्राउ गरेका किसानलाई छोडे पनि जनमत पार्टीले अन्य माग पनि पुरा हुनुपर्ने भन्दै पुस १५ गतेदेखि अनिश्चतकालको लागि राजमार्ग नै अवरुद्ध गर्ने कार्यक्रम घोषणा गरेको छ ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ९ : १५ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै