लोकतान्त्रिक चरित्र निर्माण वर्तमानको आवश्यकता– महामन्त्री शर्मा | Khabarhub Khabarhub

लोकतान्त्रिक चरित्र निर्माण वर्तमानको आवश्यकता– महामन्त्री शर्मा


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको आवश्यकता लोकतान्त्रिक चरित्रको निर्माण गर्नुभएको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीद्वारा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा उनले लोकतन्त्र स्थापित भइसकेको वर्तमान अवस्थामा लोकतान्त्रिक चरित्रको निर्माण आवश्यक भएको बताए ।

हाम्रो व्यवस्था ठिक रहेको अवस्थामा व्यवहार पनि ठिक हुनुपर्नेमा जोड दिँदै उनले लोकतान्त्रिक संस्कृतिको विकास अहिलेका आवश्यकता भएको बताए । व्यवहार गतल भएकाको दोष व्यवस्थाको टाउकोमा बोकाउन नहुने उल्लेख गर्दै महामन्त्री शर्माले संविधानमा नै उल्लिखित विषयका माध्यमबाट धेरै राम्रो गरेर जान सकिने बताए । प्रतिस्पर्धी दललाई पनि सुधारेर लैजानुपर्ने उनको भनाइ थियो ।

हिजोभन्दा आजका बोल्ने र सोच्ने विषय गुणात्मक हुनुपर्नेमा जोड दिँदै उनले महामन्त्रीका रूपमा निर्वाचित भइसकेपछि आम कार्यकर्ताको भावनाअनुरूप बोल्नभन्दा पनि काममा लाग्ने विश्वास व्यक्त गरे।

आफू महामन्त्रीको उम्मेदवार बन्दै गर्दा उमेरले नभई एजेन्डाका आधारमा देश चल्नुपर्ने कुरालाई आत्मसात गरी एक, दुई, तीन र चारको सिद्धान्तलाई अघि सारेको उनले बताए। आफूले देशमा राजनीतिलाई सुधार गर्दै लैजानका लागि कोही पनि एक पटकभन्दा बढी राष्ट्रपति बन्न नपाइने, दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने, तीन पटकभन्दा बढी मन्त्री बन्न नपाइने र चार पटकभन्दा बढी सांसद बन्न नपाउने गरी व्यवस्था गर्ने प्रस्ताव अघि सारेको बताए।

समाजमा प्रत्येकले आशा र भरोसा गर्ने कांग्रेस वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै उनले प्रत्येक कांग्रेसी कार्यकर्ताको चरित्र तथा उसको भूमिकालाई आमजनमानसले विश्वास गर्ने किसिमको हुनुपर्नेमा जोड दिए ।

पार्टीमा आर्थिक अनुशासन जरुरी रहेको बताउँदै महामन्त्री शर्माले पार्टीका प्रत्येक एकाइले नियमित आर्थिक पारदर्शिता राख्ने व्यवस्था मिलाउनुपर्ने बताए । कार्यक्रममा महामन्त्री शर्माले नेपाली कांग्रेसमा लामो समयसम्म योगदान गरेका ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गरे।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले वीपीले तत्कालीन समयमा अघि सारेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गुरु बराल, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, कांग्रेस नेता खेमराज पौडेललगायतले मेलमिलाप दिवसको सान्दर्भिकताका बारेमा बोलेका थिए । रासस

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ९ : ४० बजे

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको