श्रम गन्तव्य मुलुकमा कोरोना संक्रमण बढ्यो, कतारमा मास्क अनिवार्य, दुबईमा नियम उल्लङ्घन गरे जरिवाना « Khabarhub

श्रम गन्तव्य मुलुकमा कोरोना संक्रमण बढ्यो, कतारमा मास्क अनिवार्य, दुबईमा नियम उल्लङ्घन गरे जरिवाना



दोहा– नेपालको प्रमुख श्रम गन्तव्य मलेसिया लगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । केही समय यता, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र कुवेतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि त्यहाँको सरकारले विभिन्न खाले प्रतिबन्ध लगाएको छ ।

कोरोनाका कारण श्रमका लागि खाडी मुलुकमा आएका र आउने क्रममा रहेका नेपालीसमेत प्रभावित भएका छन् ।

कतारमा मास्क अनिवार्य

कतारमा कोभिड–१९ का नयाँ संक्रमित दिनहुँ बढ्न थालेपछि कतारको स्वास्थ्य मन्त्रालयले अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको छ।

पछिल्लो एक सातायता कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को प्रभाव बढ्न थालेपछि मन्त्रालयले सार्वजनिक गरेको नियमअनुसार प्रार्थना घर, मल, विद्यालय, कार्यस्थल, सार्वजनिक सवारी, सार्वजनिक स्थलमा जाँदा अनिवार्य माक्सको प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।

विवाह, सामाजिक भेटघाट, मृत्यु संस्कार, निजी स्थलमा गरिने जमघटमा पनि मास्क प्रयोग गर्न आग्रह गरिएको छ ।

त्यसैगरी, सेक्युरिटी स्टाफ र वेटर जस्ता आउटडोरमा धेरै सेवाग्राहीसँग सम्पर्कमा आउनुपर्ने व्यक्तिलाई मास्क अनिवार्य गरिएको छ ।

अन्य व्यक्तिसँग सुरक्षित भौतिक दूरी कायम गर्न नसक्ने अवस्थामा कोभिडविरुद्धको खोप आफूले वा आफ्नो सम्पर्कमा आउने व्यक्तिले नलिएको खण्डमा पनि अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने बताइएको छ ।

बुधबार मात्र कतारको आन्तरिक मन्त्रालयले सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्ने ३ सय ३४ जनालाई कारबाही गरेको थियो । त्यस्तै मोबाइलमा एह्तेराज एप प्रयोग नगर्ने २ जना पनि कारवाहीमा परेका छन् ।

बुस्टर डोज खोप नलगाएका नेपालीहरुलाई खोप लिन आग्रह गर्दै दोहास्थित नेपाली दूतावासले कोभिड–१९ को सङ्क्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न तथा नियमको उल्लंघनबाट भोग्नुपर्ने दण्ड जरिवानाबाट जोगिन अपील गरेको छ ।

कतारले आगामी शनिवार, १ जनवरी २०२२ बेलुका ७ बजेदेखि लागु हुने गरी साउदी अरब, युएई, फिलिपिन्स, श्रीलंका लगायतका थप २४ वटा मुलुकहरूलाई रातो सूचीमा राख्ने भएको छ ।

युएईमा मास्न प्रयोग नगरे जरिवाना

युएईमा पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि यूएई सरकारले स्वास्थ्य सुरक्षामा कडाइ गर्न थालेको छ । विभिन्न राज्यहरुमा नयाँ स्वास्थ्य मापदण्ड लागू गरिएको छ।

नयाँ स्वास्थ्य मापदण्डअनुसार दुबई राज्यमा मास्कको अनिवार्य प्रयोग, नलगाएमा ३ हजार दिराम जरिवाना (नेपाली झण्डै १ लाख) कायम गरिएको छ ।

राज्यहरुबाट राजधानी आबुधावी प्रवेशमा नयाँ मापदण्ड लागू गरिएको छ । सार्वजनिक गरिएको नयाँ निर्देशिकाअनुसार कोरोनाविरुद्धको खोप प्राप्त गरेका व्यक्ति यूएई भित्रबाट आबुधाबी इमिरेट्समा प्रवेश गर्न चाहेमा ‘अल्होशन एप’मा ‘ग्रीन स्टाटस’ देखिनु जनाएको छ ।

खोप प्राप्त नगरेका व्यक्तिले ९६ घण्टा भित्रसम्म परीक्षण गरिएको पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ प्रस्तुत गर्नु पर्नेछ। ३ जनवरीबाट खुल्ने सरकारी र नीजि स्कुलको दोश्रो त्रैमासिक कक्षालाई दुई हप्ताको लागि अनिबार्य ‘अनलाइन’ गरिएको जनाएको छ ।

साउदी अरेबियामा मास्क अनिवार्य

साउदी अरेबियाले पनि ओमिक्रोन केसहरूमा वृद्धि भएपछि दुई पवित्र मस्जिदहरू सहित सबै खुला र बन्द ठाउँहरूमा मास्क र सामाजिक दूरी पुन: लागू गरेको छ ।

साउदीको आन्तरिक मन्त्रालयका अनुसार संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बिहीवार बिहान ७ बजेदेखि नै मास्क, सामाजिक दूरी लगायतका कोभिड प्रोटोकललाइ पुनः कडाइका साथ लागू गर्ने भएको साउदी गजेटले जनाएको छ ।

सबै स्थानमा, बन्द वा खुला, र सबै गतिविधि र कार्यक्रमहरूमा मास्क लगाउन र सामाजिक दूरीका उपायहरू लागू गर्न अनिवार्य भएको घोषणा गरेको जनाएको छ ।

यता रियादस्थित नेपाली दूतावासले पनि एक सूचना जारी गर्दै  साउदीमा केही हप्ताअघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड-१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेर दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको जनाएको छ ।

उक्त संक्रमणको अवस्थालाई मध्यनजर गर्दै साउदी सरकारले बिहीवार बिहान ७ बजेदेखि लागू हुने गरी बाहिर निस्किँदा र काम गर्ने स्थलमा अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्ने र कम्तिमा १.५ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने नियम लागू गरेको हुँदा साउदीमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले यो नियमको पूर्ण पालना गर्न गराउन अपील गरेको छ ।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : १५ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा