‘ओपन टेनिस’को उपाधि पोखराका प्रदीपलाई | Khabarhub Khabarhub

‘ओपन टेनिस’को उपाधि पोखराका प्रदीपलाई


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सम्पन्न १८ औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस’ प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि पोखराका प्रदीप खड्काले जित्न सफल भएका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आयोजना गरिएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडा माथि ६–३ र ६–४ को सोझो सेटमा जित निकाल्दै खड्का नेपालको शीर्ष वरियतामा उक्लिन सफल भए । उपाधि विजेता खड्काले रु ८० हजार नगद पुरस्कार प्राप्त गरे।

गत महिना काठमाडौँमा सम्पन्न गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा खड्का आरभसँग ६–३ र ६–१ अङ्कले पराजित भए । प्रतियोगितामा उपविजेता आरभले नगद रु ४० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । महिला एकलतर्फको उपाधि भने बिहीबार नेपालका शीर्ष वरियताका सलोनी तामाङले जितेका थिए ।

प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको एकलतर्फको उपाधि सन्तोष खत्रीले हासिल गरे। फाइनल खेलमा सन्तोषले भीष्म गुरुङलाई ६–० र ६–१ को सहज सेटमा पराजित गरे । विजेता खत्रीले नगद रु ६० हजार तथा उपविजेता गुरुङले रु ३० हजारसहित ट्रफी र मेडल पुरस्कार पाए।

यसैगरी ४५ वर्षमाथिको एकलतर्फको उपाधि चन्द्र शाहीले चुमे । उनले विमलकुमार गुरुङलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे। विजेताले नगद रु ४० हजार र उपविजेताले नगद रु २० हजारसहित ट्रफि, मेडल पुरस्कार प्राप्त गरे । ४५ वर्षमाथिको पुरुष ‘डबल्स’मा हिमाल शाह र राजु क्षेत्रीको जोडी विजेता बन्यो ।

हिमाल जोडीले पोखराका विनोद कायस्थ र विकास गुरुङको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा जित निकाल्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । विजेताले नगद रु २० हजार तथा उपविजेताले नगद रु १० हजारसहितको पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा विभिन्न ११ विधामा १३० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेको सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिएका छन्।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : ४९ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण