हिउँमा फँसेका बाबुछोराले वडाध्यक्षलाई भने- ‘उद्धार गरिदिनुस्’ « Khabarhub

हिउँमा फँसेका बाबुछोराले वडाध्यक्षलाई भने- ‘उद्धार गरिदिनुस्’


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को बिकल्प नभएको निष्कर्ष निकालिएको छ ।

गोठ सार्ने क्रममा हिमपात भएर ओडारमा बसेका बाबुछोरा शुक्रबार साँझसम्म ‘हिउँको प्रभाव कम होला र घर फर्कन सकिएला’ भनेर खबर गरेको तर शनिबार बिहान पनि फर्कन नसकिएकाले हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह गरेको मिक्वाखोला गाउँपालिका-५ का वडाध्यक्ष डण्डु लामाले बताए।

उनका अनुसार पापुङको लोदेन खर्कमा अन्दाजी ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ छिरिङ शेर्पा थुनिएका हुन् ।

लाक्पाटाँसीले शनिबार बिहान फोन गरेर आफूहरु हिउँ छिचोलेर घर फर्कन सक्ने अवस्था नभएकोले हेलिकोप्टर पठाइदिन माग गरेको वडाध्यक्ष लामाले जानकारी दिए । हिमपहिरोले लाक्पाटाँसीका २५ वटा याक पनि बगाएर लगेको बताए ।

लाक्पाटाँसीले आफूहरु रहेको ओडारको केही माथिसम्मको भाग रहेको देखेको र त्यहाँ हेलिकोप्टर बस्न सक्ने जानकारी गराएको बताए । यदि हेलिकोप्टर बस्न सक्ने अवस्था नभए हिउँले थुनिएका बाबु छोराका लागि खाना र न्यानो कपडा झारेर फर्कन सक्ने अवस्था रहेको समेत वडाध्यक्ष लामाले बताए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ३६ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६