माओवादीको आठौं महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै आज सकिने « Khabarhub

माओवादीको आठौं महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै आज सकिने

गुरुङले जवाफ दिएलगत्तै विधान पारित हुने


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको सातौं तथा अन्तिम दिन आज स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका छन् ।

बिहान ११ बजे सुरु हुने बन्दसत्रमा नेता गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिनेछन्।

त्यसपछि विधान पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले शनिबार गुरुङको विधान मस्यौदालाई पारित गर्नेछ ।

विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ। माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ।

प्रवक्ता महराले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सर्वसम्मत नेतृत्व चयन गर्दै महाधिवेशन आजै सकिने बताएका थिए।

महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ। सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ५० बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष