बच्चालाई कति समय स्क्रिन हेर्न दिने ? | Khabarhub Khabarhub

बच्चालाई कति समय स्क्रिन हेर्न दिने ?


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक अभिभावका लागि अहिले बच्चाहरुको स्क्रिन हेर्ने बानी ठुला समस्या बनेको छ । बालबालिका र आँखा दुवै संवेदनशील विषयवस्तु भए पनि बच्चाहरुमा रहेको स्क्रिन हेर्ने लत छुटाउन अभिभावकलाई ठुलो चुनौती बनेको छ ।

स्क्रिन हेर्ने लत लाग्न नदिनुहोस् ।

– दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई स्क्रिनसँग परिचित गराउन हुँदैन ।

– २ वर्ष भन्दा माथिका बालबालिकालाई स्क्रिन देखाउनै परे दिनमा ४५ मिनेट भन्दा बढी नदेखाउने । अनलाइन कक्षा भए पनि सीमित समयमा मात्र स्क्रिनमा राख्ने ।

– अनलाइन कक्षामा भए पनि बेलाबेलामा ब्रेक लिन लगाउनु पर्दछ ।

– बच्चालाई नजिकबाट स्क्रिन हेर्न नदिने । मोबाइल तथा टेलिभिजन टाढा राखेर हेर्न दिने ।

–  कम्तीमा ३० देखि ४० सेन्टिमिटरको दूरीमा स्क्रिन राख्ने ।

– स्क्रिनबाट टाढा राख्न बच्चालाई घरको बार्दली, छतमा केही बेर खेल्न दिने वा काम लगाउनु पर्दछ ।

– आँखामा समस्या नआउँदै गाँजर, सागपात, आपँ जस्ता पहेँलो फलफूल र हरियो सागपात खान दिनुपर्दछ ।

– बालबालिकालाई स्क्रिन टाइम कसरी कम गर्न सकिन्छ भन्नेमा अभिभावकको जोड हुनु पर्दछ ।

– विद्यालय वा शिक्षकले पनि बच्चालाई प्रोजेक्ट वर्क दिँदा कम्प्युटर बेसमा भन्दा बाहिरको वातावरण सम्बन्धित गर्न लगाउने गर्नु पर्दछ ।

– स्क्रिनमा बसेर गर्नुपर्ने होमवर्क शिक्षकले पनि दिनु हुँदैन ।

– अभिभावकहरूले बच्चाको आँखा बेलाबेलामा जाँच गराइराख्नुपर्छ ।

धेरै समयसम्म स्क्रिनमा हेरिरहँदा यसले आँखा झिम्काउने संख्यालाई कम हुन्छ र आँखा सुख्खा बन्छ यसले आँखा चिलाउने, पोल्ने, रातो हुने हुन्छ । अझ बन्द कोठामा लामो समय बसिराख्दा टाउको धेरै दुख्छ । त्यसैले यसबारे अभिभावक सचेत बन्नु पर्दछ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ३९ बजे

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन

रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ

काठमाडौं – संचारमन्त्री जगदीश खरेलको घडीबारे चर्चा भइरहेकै बेला शिक्षा,

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

गाजा – हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कैलाली – कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक