डिर्भोस गरेकी पत्नीको महिला वकिललाई सेक्स टोय पठाएपछि … « Khabarhub

डिर्भोस गरेकी पत्नीको महिला वकिललाई सेक्स टोय पठाएपछि …


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक व्यक्तिले आफ्नी पूर्व पत्नीको महिला वकिललाई सेक्स टोय पार्सल पठाए ।

यो कर्मका लागि उनलाई अदालतले सम्बन्ध सुधार्ने कोर्स पूरा गर्न ३० दिनको सजाय दियो ।

बेलायतको लन्डनमा आइलवर्थ निवासी ३९ वर्षीय तेजिन्दर सिंह बैंसले आफ्नो पत्नीको वकिललाई जरिवाना समेत तिर्नुपर्ने भएको छ ।

तेजिन्दर सिंहले अदालतमा आफ्नो पत्नीको वकिल जारा अख्तरलाई दुर्भावनापूर्ण इमेल पठाएको स्वीकार गरे । त्यसपछि अदालतले उनलाई मुआब्जाका रूपमा वकिललाई ४ हजार ५ सय पाउन्ड जरिवाना तिर्न आदेश दिएको छ ।

जाराका अनुसार सन् २०१९ को अप्रिलमा तेजिन्दरले आफ्नी पत्नीलाई डिर्भोस दिएका थिए । यस पछि एक फैमिली कोर्टले तेन्जिन्दर पत्नीलाई ८० हजार पाउन्ड गुजारा भत्ता दिन आदेश दिएको थियो । त्यसपछि ती व्यक्तिले पत्नीको महिला वकिललाई तीन दिनमा १८ इमेल पठाएका थिए ।

इमेलमा तेजिन्दरले ती वकिललाई उमेर भन्दा कम देखिएको लेखेका थिए । साथै झुट बोल्नमा ती वकिल आफ्नी पत्नी जस्तै रहेको लेखेका थिए । यस अलावा तेजिन्दरले ती महिला वकिललाई सेक्स टोय पार्सल पठाएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : २४ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स