ताप्लेजुङमा बृहत् स्वास्थ्य शिविरको आयोजना « Khabarhub

ताप्लेजुङमा बृहत् स्वास्थ्य शिविरको आयोजना


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पुस २१ र २२ गते पालिकाको केन्द्र तेल्लोकमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरको सहयोगमा बृहत्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

उनका अनुसार शिविरमा मुटु रोग विशेषज्ञ समेतको सहभागितामा जेनेरल मेडिसिन बिशेषज्ञ सेवा, स्त्री तथा प्रसुति रोग ,हाडजोर्नी तथा नसा रोग, नाँक, कान तथा घाँटी रोग, यौन तथा छाला रोग, आँखा रोग, रेडियोलोजी सेवा, दन्त रोग तथा बाल रोग विशेषज्ञ सेवा प्रदान गरिने भएको छ ।

सिरिजंगाका ८ वटा वडामा प्रति वडा ९ वटाका दरले ७२ वटा टोल विकास संस्था रहेका छन् । साविकका ८ वटा गाउँ विकास समिति मिसाएर बनाइएको सिरिजंगा गाउँपालिकामा साविकका प्रत्येक गाविसका साविकका वडा क्षेत्रलाई टोल विकास संस्थाको कार्यक्षेत्र बनाएर टोल विकास संस्था गठन गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ११ : ५२ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६