माओवादी केन्द्रीय समितिमा खुला र समावेशीको हिस्सा बराबर हुने « Khabarhub

माओवादी केन्द्रीय समितिमा खुला र समावेशीको हिस्सा बराबर हुने


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)मा अब केन्द्रीय समितिमा खुल्ला र समावेशीको हिस्सा बराबरी हुने भएको छ ।

पार्टीको संशोधित विधानअनुसार अब केन्द्रीय कमिटीमा खुल्ला ५० प्रतिशत र समावेशी ५० प्रतिशत सदस्य रहनेछन् ।

महाधिवेशनबाट पारित संशोधित प्रस्तावले केन्द्रीय समिति सदस्य ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी कोटा प्रणालीबाट बनाउने व्यवस्था गरेको केन्द्रीय सदस्य शिवकुमार मण्डलले जानकारी दिए ।

५० प्रतिशतको समावेशी कोटामा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपाङ्गता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर हुनेछ ।

यसअघि १५ जना पदाधिकारी बनाउने भनिएकोमा त्यो संख्या राख्ने वा नराख्ने भन्ने अधिकार केन्द्रीय समितिलाई नै दिइएको छ ।

यस्तै केन्द्रीय सदस्य मानोनित गर्ने प्रतिशतलाई १५ मा पुर्‍याइएको छ । यसअघि १० प्रतिशत मनोनित गर्ने प्रस्ताव थियो । केन्द्रीय समिति भने २९९ सदस्यीय नै हुनेछ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १ : ४० बजे

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

कर्णाली– कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित