कांग्रेसमा वंशवादको अन्त्य भएको सहमहामन्त्री आङ्देम्बेको दाबी | Khabarhub Khabarhub

कांग्रेसमा वंशवादको अन्त्य भएको सहमहामन्त्री आङ्देम्बेको दाबी


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली काङ्ग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले नेपाली कांग्रेसभित्र वंशवादको अन्त्य भएको दाबी गरेका छन् ।

१४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको लामो खारिएको अनुभव र युवा पुस्ताको सक्रियताले पार्टीलाई नयाँ ऊर्जा दिने भन्दै उनले महाधिवेशनपछि सवै प्रकारका पुरातनवाद र वंशवादको अन्त्य भएको तर्क गरे।

गृहजिल्ला पाँचथरबाट काठमाडौँ फर्कने क्रममा शनिबार झापाको दमकमा भएको भेटघाटमा कार्यक्रममा उनले लोकतान्त्रिक मूल्य मान्यता अनुरुप १४ औँ महाधिवेशन सम्पन्न गरेकाले पार्टीभित्र कुनै पूर्वाग्रह र द्वेश नरहेको पनि बताए ।

एमालेले लगातार संसद अवरुद्ध गरेर संसदीय मूल्य मान्यताको उपहास गरेको पनि नेता आङ्देम्बेले बताए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ५ : ५० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने