तुलसीपुरबाट ब्राउन सुगरसहित पाँच पक्राउ « Khabarhub

तुलसीपुरबाट ब्राउन सुगरसहित पाँच पक्राउ


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुरबाट ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुई दिनको अवधिमा तीन महिला र दुई पुरुषलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ निवासी १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर–६ बरुवागाउँका २९ वर्षीया रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर–७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् । उनीहरूको साथबाट पाँच ग्राम ७१० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको छ । उनीहरुलाई हिरासतमा राखेर प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : ४० बजे

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

कर्णाली– कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित