हिउँमा फसेका बाबुछोरा नभेटेपछि रित्तै फर्कियो हेलिकोप्टर « Khabarhub

हिउँमा फसेका बाबुछोरा नभेटेपछि रित्तै फर्कियो हेलिकोप्टर


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– गोठ सार्ने क्रममा हिमपात भएपछि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि गएको हेलिकोप्टर रिक्तै फर्किएको छ ।

अल्टिच्युट एयरको हेलिकोप्टर पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि हिउँमा फसेका बाबुछोरा बसेको स्थानको भेउ नपाएपछि सुकेटार विमानस्थल फर्किएको हो । उक्त क्षेत्रको मौसम बिग्रिएकाले आइतबार पुनः प्रयास गर्नेगरी हेलिकोप्टर सुकेटारमै राखिने मिक्वाखोला गाउँपालिका ५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए ।

जिल्लाको मिक्वाखोला गाउँपालिका ५ पापुङ सिम्बुकका अन्दाजी ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षका छोरा पासाङ लोदेन खर्क आसपासका चौंरी गोठ सार्ने क्रममा हिउँमा फसेका थिए ।

शनिबार बिहान टेलिफोन गरेर हेलिकोप्टरबाट आफूहरूको उद्धार गरिदिन अध्यक्ष शेर्पालाई अनुरोध गरेका थिए । अहिले उनीहरूसँग सम्पर्क स्थापित हुन नसकेको वडाध्यक्ष शेर्पाले जानकारी दिए । न्यूजकारखाना

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ०० बजे

पोखराबाट काठमाडौं आइरहेको बस मध्यराति त्रिशूलीमा खस्यो, कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं– पोखराबाट काठमाडौं आइरहेको एउटा यात्रुवाहक बस मध्यराति (सोमबार बिहान

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र