केन्द्रीय सदस्य मनोनयमा अर्जुननरसिंह केसीको कटाक्ष : प्रथम ग्रासे मक्षिकापात देखियो | Khabarhub Khabarhub

केन्द्रीय सदस्य मनोनयमा अर्जुननरसिंह केसीको कटाक्ष : प्रथम ग्रासे मक्षिकापात देखियो


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार १० जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको विषयमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कटाक्ष गरेका छन् । सभापति देउवाले आफूलाई सभापति जित्न सघाउनेहरुलाई केन्द्रीय सदस्य मनोनित गरेको केसीको टिप्पणी छ ।

विभिन्न पदका उम्मेदवार रहेर पराजित भएका ५ जना मनोनित गर्दा देउवाले पाँचैजना आफू निकटलाई मनोनित गरेका छन् । तर, डा. शेखर कोइरालाको टिमबाट उम्मेदवार बनेर पराजित भएकालाई मनोनित गरेका छैनन् ।

यही विषयमा नेता केसीले ट्वीटरमा लेखेका छन्, ‘नेका सभापतिज्यू ले कांग्रेस विधान बमोजिम १० जना प्रत्यक्ष वा परोक्ष रूपमा आफ्ना सहयोगीहरूलाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको छ, साथीहरुलाई हार्दिक बधाई। १० बाहेक अरु ४ जना महेश आचार्य, डामिनेन्द्र रिजाल र डा चन्द्र भण्डारीलगायतलाई मनोनित छुडदा ‘प्रथम ग्रासे मक्षिकापात देखियो।’

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ९ : ०२ बजे

जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको

तिहारमा झिनियाँको माग उच्च

म्याग्दी– बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-१४ स्थित सडकमा अन टेष्ट लेखिएको रिक्सा र

रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि

एजेन्सी- रुसले युक्रेन युद्धसम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय