विश्वभर ७ करोड ३० लाख सक्रिय सङ्क्रमित « Khabarhub

विश्वभर ७ करोड ३० लाख सक्रिय सङ्क्रमित


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर ७ करोड ३० लाख कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन्। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार संसारभर ७ करोड ३० लाख ४४ हजार ७०४ जना सक्रिय सङ्क्रमित छन्।

जसमध्ये ९३ हजार ३५२ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ। अहिलेसम्म ३७ करोड ७२ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २९ करोड ८५ लाख निको भएका छन्। ५६ लाख ८९ हजारको भने मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख नयाँ सङ्क्रमित थपिँदा १९ लाखले कोरोना जितेका छन्। ६ हजारको भने मृत्यु भएको छ।

नेपालको अवस्था के छ ?
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै ५ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८२० जनामा नयाँ संक्रमण पुष्टि भएको छ।

सोमबार थप ८ जनाले ज्यान गुमाएका छन्। नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : ४२ बजे

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको