‘विश्वकपमा पुग्नु नेपाली क्रिकेटलाई ठूलो अवसर हुनेछ’ « Khabarhub

‘विश्वकपमा पुग्नु नेपाली क्रिकेटलाई ठूलो अवसर हुनेछ’


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेले नेपाल विश्वकपमा पुग्दा धेरै अवसर प्राप्त हुने बताएका छन्।

कप्तान सन्दीप लामिछानेले नेपालको लक्ष्य आईसीसी टी-२० विश्वकप छनोट र नेपाललाई एसोसिएट देशको शीर्ष टोली बनाउनु रहेको बताएपछि प्रशिक्षक दसानायकेले यस्तो बताएका हुन्।

सोमबार साँझ जुममार्फत् पत्रकारसँग कुराकानी गर्दै प्रशिक्षक पुबुदुले नेपालको अहिलेको अहिलेको अवस्था आईसीसी टी-२० विश्वकपमा छनोट हुनु रहेको बताए।

‘विश्वकपमा पुगे नेपाली क्रिकेटका लागि ठूलो अवसर प्राप्त हुनेछ’, प्रशिक्षक दसानायकेले भने, ‘विश्वकपमा पुग्यौँ भने यसले नेपाली क्रिकेटलाई थप उचाईमा लैजाने सहयोग गर्छ।’

छनोट हुन सके प्रतियोगिता र सहभागिता बढ्ने भन्दै उनले अहिलेको टोलीले विश्वकपमा राम्रो गर्न सक्ने बताए।

उले ओमानमा हुन लागेको आसन्न आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलको तयारी योजना अनुरुपनै राम्रो भइरहेको प्रष्ट पारे।

‘छोटो समयमा पनि हामीले राम्रो मिहेनत गरेका र्छौँ। ६० प्रतिशत तयारी सकियो’, उनले भने, ‘अबको अन्तिम तयारी ओमानमै हुनेछ।’

अहिलेसम्मको तयारीले टोलीका सबै सदस्यमा आत्मविश्वास जागेको उनको भनाइ छ। कोरोना भएका खेलाडी पनि केही दिनमै प्रशिक्षणमा सामेल हुने उनले प्रष्ट पारे।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : २८ बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका