मृगौला पीडित प्रहरी जवानलाई ट्राफिक प्रहरीको पौने चार लाख सहयोग « Khabarhub

मृगौला पीडित प्रहरी जवानलाई ट्राफिक प्रहरीको पौने चार लाख सहयोग


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुवै मृगौला फेल भई उपचारर्थ प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मृगौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भईरहेको अबस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशीको विशेष सक्रियतामा संकलित तीन लाख सतहत्तर हजार पाँचसय नब्बे रुपैयाँ सहयोगस्वरूप रकम हस्तान्तरण गरेको हो ।

गुल्मीको ईस्मा–४ स्थायी घर भई बागबजार बस्ने प्रहरी जवान खत्रीको उपचारमा हुने आर्थिक अभावलाई सहयोग गर्न उपत्यकामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरूले स्वस्फुर्त रूपमा सहयोग रकम संकलन गरेका हुन् ।

दुबै मृगौलाले काम गर्न छोडेपछि नेपाल प्रहरीलगायतका अस्पतालहरूमा डाइलेसिस एव उपचारार्थ खत्रीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागि हामीले आर्थिक सहयोगको सुरुवात गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जोशीले बताए ।

उनले जीवन बचाउने यस्तो पुण्यकार्यको लागी संकलित सम्पुर्ण रकम प्रहरी जवान खत्रीकी श्रीमती ट्राफिक महाशाखामा कार्यरत प्रहरी जवान मुना बस्नेतलाई हस्तान्तरण गरेको जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १ : ४५ बजे

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका