मधेस सरकारले कक्षा ११ र १२ का छात्रालाई ल्यापटप दिने « Khabarhub

मधेस सरकारले कक्षा ११ र १२ का छात्रालाई ल्यापटप दिने


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारले कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने भएको छ ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने निर्णय भएको जानकारी दिएका हुन् ।

उनले खबरहबसँग भने ‘कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने हामीले तयारी गरेका छौँ । यो कार्यक्रमको फाइल अहिले अर्थ मन्त्रालयमा छ । ल्यापटप खरिदका लागि टेन्टर हुन नै बाँकी छ ।’ मन्त्री साहले यसै वर्षबाट ल्पापटप वितरण गर्ने तयारी गरेको पनि जनाए । यद्यपि, सबै प्रक्रिया पूरा गर्न समय लाग्नेसमेत उनले स्पष्ट पारे ।

मन्त्री साहले पहिलो चरणमा विज्ञान विषय लिएर अध्ययन गर्ने छात्राहरूलाई ल्यापटप दिनेसमेत जानकारी दिए ।

विगतमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सञ्चालन गर्दै आएको बेटी पढाउ बेटी बचाउ कार्यक्रम अहिले सामाजिक विकास मन्त्रालयमातहत आएको छ ।

यो कार्यक्रमअन्तर्गत साइकल वितरण, छात्राका लागि शौचालय निर्माण, छोरी बिमा, लोकसेवा परीक्षा तयारी कक्षालगायत छोरीलक्षित कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १ : ५८ बजे

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण

‘सरकार बाढीपीडितसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरू सामाजिक सञ्जालमा रमाइरहेका छन्’

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म

जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको