मधेस सरकारको पूर्वाधार निर्माण अध्ययनका लागि समिति गठन | Khabarhub Khabarhub

मधेस सरकारको पूर्वाधार निर्माण अध्ययनका लागि समिति गठन


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारले जग्गा तथा पूर्वाधार निर्माण अध्ययन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको प्रशासनिक भवन, मन्त्री निवास, प्रदेशसभालगायतका संरचना निर्माणका लागि समिति गठन गरेको हो ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवको नेतृत्वमा गठित पाँच सदस्यीय समितिमा अन्य चार मन्त्री सदस्य छन् । जसमा अर्थमन्त्री शैलेन्द्र साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह रहेका छन् ।

भौतिक संरचना निर्माणका लागि जग्गाको खोजी गर्ने र त्यसपछि कुन निकाय कहाँ–कहाँ राख्नेलगायत विषयको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी आफूहरूलाई दिइएको मधेस सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री साहले खबरहबलाई बताए ।

समितिले प्राविधिक तथा विज्ञहरूसँग पनि सल्लाह सुझाव लिने उनले जानकारी दिए । मधेस सरकारले जनकपुर चुरोट कारखाना लिमिटेडका भौतिक संरचनाहरू प्रयोग गर्दै आएको छ ।

स्थायी राजधानी तय भएपछि मधेस सरकारले आफ्नै भौतिक संरचना निर्माणका लागि तत्परता देखाएको हो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ३ : १७ बजे

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा