टाटाले एक महिनामा बेच्यो ४० हजार गाडी « Khabarhub

टाटाले एक महिनामा बेच्यो ४० हजार गाडी


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सले एक महिनामा ४० हजार गाडी बेचेको छ । टाटाले सन् २०२२ को जनवरीमा ४० हजार ७ सय ७७ वटा गाडी बिक्री गरेको छ।

योसँगै कम्पनीले मासिक बिक्रीदरमा नयाँ रेकर्ड बनाएको छ। टाटाले एकै महिना ४० हजारभन्दा बढी गाडी बिक्री गरेको यो पहिलो पटक हो।

सन् २०२१ को सोही महिनामा टाटाले २६ हजार ९ हजार ७८ वटा गाडी बिक्री गरेको थियो। तथ्यांकअनुसार सन् २०२२ को जनवरीको बिक्रीदरसँगै कम्पनीको सेल्स वृद्धिदर ५१ प्रतिशतले बढेको छ।

पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ। भारतीय सवारी साधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको छ।

टाटा मोटर्सले टाटा नेक्सन र टाटा पन्चको उत्पादनमा विशेष जोड दिएको छ। कम्पनीले सन् २०२२ को जनवरीमा मात्र २८ हजार १०८ वटा नेक्सन र पन्च बिक्री गरेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

टाटा मोटर्सले विद्युतीय गाडीहरूको उत्पादन पनि बढाएको छ। जनवरीभर मात्र कम्पनीले विद्युतीय नेक्सन र विद्युतीय टिगोर गरी २ हजार ८ सय ९२ वटा गाडी बिक्री गरेको छ।

यतिबेला अटोमोबाइल कम्पनीहरूले सेमी कन्डक्टरको समस्या भोग्दैछ। यस्तोमा समेत टाटा मोटर्सले तीब्र गतिमा गाडी उत्पादन गर्दैछ। टाटा मोटर्सको उत्पादन एवम् बिक्री बढ्नुमा सिएनजी भेरियन्टको पनि महत्वपूर्ण भूमिका खेलेको छ।

कम्पनीले जनवरीको तेस्रो सातामा मात्रै सिएनजीमा आधारित टियागो र टिगोरलाई सार्वजनिक गरेको थियो। तर छोटो समयमै कम्पनीले ३ हजार वटा सिएनजी गाडी बिक्री गरेको छ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : १६ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग