टाटाले एक महिनामा बेच्यो ४० हजार गाडी | Khabarhub Khabarhub

टाटाले एक महिनामा बेच्यो ४० हजार गाडी


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सले एक महिनामा ४० हजार गाडी बेचेको छ । टाटाले सन् २०२२ को जनवरीमा ४० हजार ७ सय ७७ वटा गाडी बिक्री गरेको छ।

योसँगै कम्पनीले मासिक बिक्रीदरमा नयाँ रेकर्ड बनाएको छ। टाटाले एकै महिना ४० हजारभन्दा बढी गाडी बिक्री गरेको यो पहिलो पटक हो।

सन् २०२१ को सोही महिनामा टाटाले २६ हजार ९ हजार ७८ वटा गाडी बिक्री गरेको थियो। तथ्यांकअनुसार सन् २०२२ को जनवरीको बिक्रीदरसँगै कम्पनीको सेल्स वृद्धिदर ५१ प्रतिशतले बढेको छ।

पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ। भारतीय सवारी साधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको छ।

टाटा मोटर्सले टाटा नेक्सन र टाटा पन्चको उत्पादनमा विशेष जोड दिएको छ। कम्पनीले सन् २०२२ को जनवरीमा मात्र २८ हजार १०८ वटा नेक्सन र पन्च बिक्री गरेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

टाटा मोटर्सले विद्युतीय गाडीहरूको उत्पादन पनि बढाएको छ। जनवरीभर मात्र कम्पनीले विद्युतीय नेक्सन र विद्युतीय टिगोर गरी २ हजार ८ सय ९२ वटा गाडी बिक्री गरेको छ।

यतिबेला अटोमोबाइल कम्पनीहरूले सेमी कन्डक्टरको समस्या भोग्दैछ। यस्तोमा समेत टाटा मोटर्सले तीब्र गतिमा गाडी उत्पादन गर्दैछ। टाटा मोटर्सको उत्पादन एवम् बिक्री बढ्नुमा सिएनजी भेरियन्टको पनि महत्वपूर्ण भूमिका खेलेको छ।

कम्पनीले जनवरीको तेस्रो सातामा मात्रै सिएनजीमा आधारित टियागो र टिगोरलाई सार्वजनिक गरेको थियो। तर छोटो समयमै कम्पनीले ३ हजार वटा सिएनजी गाडी बिक्री गरेको छ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : १६ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न