सांग्रिला मोटर्सले विश्वमै सफल ‘न्यू ज्याक टी-८’ नेपालमा सार्वजनिक गर्दै « Khabarhub

सांग्रिला मोटर्सले विश्वमै सफल ‘न्यू ज्याक टी-८’ नेपालमा सार्वजनिक गर्दै


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा ५६.९९ लाखको आकर्षक सुरुवाती मूल्यमा अल न्यू ज्याक टी-८ को बुकिङ खुला गरेको छ।

साँग्रिला मोटर्स गोल्छा अर्गनाइजेसन को अटोमोटिभ डिभिजन हो। यस अर्गनाइजेसनले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ। गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक हो।

साँग्रिला मोटर्स आफ्ना ग्राहकका लागि विश्वस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छ। यसको शोरुम र सर्भिस स्टेसन प्रशिक्षित कर्मचारीहरुका साथ उत्कृष्ट सेवाको अनुभव सुनिश्चित गर्न नवीनतम उपकरणहरुका साथ तयार छन्।

यस कम्पनीले सार्वजनिक गरेको ज्याक टी-८ पिकअप ट्रक विश्वको ४० भन्दा धेरै राष्ट्रहरुमा पहिलो रोजाइमा रहेको छ। जर्मनीको एफईभीसँग मिलेर बनाइएको २.० लिटिर टर्बो डिजेल इन्जिनले १३७ हर्षपावर र ३२० एनएमको टर्कका साथ कच्ची बाटोमा पनि आरामदायी यात्रा गर्न सकिन्छ।

चीनको अटो उद्योगमा ५८ वर्षभन्दा बढी उत्कृष्ट रहेको ज्याक मोटर्स आज विश्वकै लोकप्रिय ब्रान्डमध्ये एक बनेर उदाएको छ।

नेपालमा सार्वजनिक भएको न्यू ज्याक टी-८ आकर्षक र प्रतिस्पर्धी मूल्यमा ग्राहकको सन्तुष्टि पूरा गर्न सबै उन्नत सुरक्षा, आराम र सुविधाले भरिपूर्ण छ। यो ज्याक मोटर्सको आठौँ पुस्ताको अन्तर्राष्ट्रिय प्लेटफर्ममा आधारित छ। जसले स्थिरता, सुरक्षा र आराम प्रदान गर्दछ। टी-८ लाइनअपमा ४ बाई ४ को डबल–क्याब रहेको छ।

जुन टी६ डबल–क्याब सेग्मेन्टभन्दा माथि प्रिमियम सेग्मेन्टमा रहेको छ।यसको शक्तिशाली नयाँ इन्जिन र जीवनशैली अनुरुप रहेका सुरक्षा सुविधाहरुका साथै आकर्षक डिजाइन पारिवारिक र उपयोगिता–आधारित ड्राइभको लागि लक्षित रहेको छ। यसमा आरामदायी ड्राइभका लागि आकर्षक सुविधाहरु रहेका छन् र यो आफैंमा कुशल र भरपर्दो पनि त्यत्तिकै छ।

यसबाहेक आफ्नो सेग्मेन्टमा ज्याक टी-८ उचित मूल्य भएको पिकअप ट्रक हो।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : २५ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई

सहकारीको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं– सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा

धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि धानको न्यूनतम समर्थन मूल्य